भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा मिनिमार्ट अनुगमन
भक्तपुर, १९ पुस । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा मिनिमार्ट दुई वटा अनुगमन भयो । अनुगमनमा म्याद नाघेको समानहरु भएको र खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट अनुज्ञापत्र बिना नै जथाभावी लेवलिड्ड गरेको पाईएको संयोजक गोराले बताउनु भयो ।
अनुगमनमा साकोठामा रहेको भक्तपुर मिनि मार्ट दर्ता नविकरण गर्नुपर्ने, म्याद नाघेको सामानहरु राइज फ्रुट ककतेल ९ वटा, एसियन ग्रो सुजि २ पाकेट जसमा गते नभएकोले महिनाको हिसावले म्याद नाघेकोले गते समेत प्रयोग गर्न समेत सुझाब दिई, नेपाल आइसको क्यान वियर ४ वटा, बोटल वियर २ वटा जफत गरी नष्ट गरियो भने उक्त पसलमा पाकेजिड्ड सामानहरु गेडागुडी, दाल, चिउरा लगायतमा मनपरी लेबल राखी राखेको साथै लेबल राख्नको लागि खाद्य गुणस्तर तथा नियन्त्रण महाशाखाको अनुज्ञापत्र विना लेवल राखेकोले अनुज्ञा पत्र लिई मात्र पाकेजिड्ड सामानमा लेभल राख्न निर्देशन दिएको, तराजु नापतौल विभागमा नविकरण गर्न, स्टाफहरुमा एप्रोन, माक्स, पञ्जा, श्यानिटाईजर सहितको कोभिड १९ बाट सुरक्षित रहन सुझाब दियो ।
त्यस्तै शाख मार्ट प्रा.लि.मा मिनि मार्टमा दर्ता नविकरण गर्नुपर्ने, पाकेजिड्ड सामानहरु गेडागुडी, दाल, चिउरा लगायतमा मनपरी लेबल राखी राखेको साथै लेबल राख्नको लागि खाद्य गुणस्तर तथा नियन्त्रण महाशाखाको अनुज्ञापत्र लिई मात्र पाकेजिड्ड सामानमा लेभल राख्न निर्देशन दिएको र म्याद नाघेको र विग्रेको सामानहरु लेय्ज १५ पाकेट, नेचुरल ग्लो केशर फेस क्रिम ५ वटा, बोरो प्लस क्रिम ४ वटा, पतंजलिको व्युटि क्रिम १ वटा, निभिया २ वटा, गुड डे बिस्कुट १ पाकेट, मारी बिस्कुट १ पाकेट, डिडिसिको मोजारेला चिज २ पाकेट, डाइजेष्टिभ विस्कुट १ पाकेट जफत गरि नष्ट गरिएको कुरा वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनु भयो ।
अनुगमन समितिका संयोजक राजकृष्ण गोरा, सदस्य रोशनमैया सुवाल, भनपा श्यानिटेशन उपशाखाका न.नि. दिलिपकुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, कर शाखाका मोहनदेबि व्याञ्जू, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, घरेलु तथा साना उद्योग संघका लक्ष्मी प्रसाद कवा“, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक नजरमान घलानको सहभागी थियो ।













