चन्द्रागिरी नपाका प्रतिनिधि भक्तपुर नगरपालिकामा
भक्तपुर । २०७८ पुष १९ गते, सोमबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग चन्द्रागिरी नगरपालिका वडा नं. १४ का वडाध्यक्ष रामहरि बस्नेतको नेतृत्वमा आउनुभएका चन्द्रागिरी नपा विधायन समितिका भ्रमण टोलीले सोमबार भेट गर्नुभयो ।
भक्तपुर नगरपालिका विधायन समितिबाट भए—गरेका कार्यहरुको अध्ययन अवलोकन गर्ने क्रममा भक्तपुर पुग्नुभएको उक्त टोलीलाई भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व र वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले खादा, भादगाउँले टोपी र परम्परागत थैलीबाट संयुक्त रुपमा स्वागत गर्नुभयो ।
भेटमा नगर प्रमुख प्रजापतिले स्थानीय तह निर्वाचन २०७४ पश्चात भक्तपुर नपाले १० वटा नगरसभा सम्पन्न गरी ४६ वटा ऐन, कानुन, नियमावली तथा कार्यविधि निर्माण गरी कार्यान्वयनमा ल्याएको अवगत गराउनुभयो ।
सांस्कृतिक नगरको रुपमा ख्याति कमाएको भक्तपुर नपाले यहाँको कला र संस्कृति संरक्षणमा विशेष जोड दिँदै पुरानो सम्पदा क्षेत्रमा मौलिक शैलीमा घर बनाउने नगरबासीहरुलाई घरको मोहडामा लाग्ने इँटा, झिंगटी र काठको लागि लाग्ने खर्चको ३५ प्रतिशत अनुदान प्रदान गर्दै आइरहेको उहाँले बताउनुभयो ।
भक्तपुर नपाले २०७२ सालको विनासकारी भूकम्पले क्षति पु¥याएका ११८ वटाभन्दा बढी सम्पदाहरु जनताको आर्थिक सहयोग, जनश्रमदानबाट पुनःनिर्माण तथा जीर्णोद्धार सम्पन्न गरिसकेको जानकारी गराउनुहुँदै सम्पदा पुनःनिर्माणमा भक्तपुर नपाले कसैको भर नपरेको र उपभोक्ता समितिमार्फत स्थानीय सीप र ज्ञानको प्रयोगमार्फत गर्नुपर्नेमा जोड दिँदै आएको बताउनुभयो ।
कोभिडको समयमा भक्तपुर नपाले स्थापना गरेको आइसोलेसन कन्द्रबाट ४५५ जना कोभिडका बिरामीहरुलाई निःशुल्क उपचार गरेको जानकारी दिनुहुँदै उहाँले भक्तपुर नपाले समाजवादी देशहरुबाट सिक्दै शिक्षा र स्वास्थ्यलाई विशेष जोड दिँदै जनताकेन्द्रित गतिविधिलाई अगाडि बढाइरहेको बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले नपाले भर्खरै भक्तपुर दरबार क्षेत्रको ऐतिहासिक नृत्य वत्सला मन्दिर पुनःनिर्माण सम्पन्न गरेको अवगत गराउनुहुँदै उपभोक्ता समितिको काम नै भक्तपुरको विशेषताको रुपमा रहेको बताउनुभयो ।
भेटकै क्रममा चन्द्रागिरी नपा १४ नं. वडाका वडाध्यक्ष रामहरि बस्नेतले भक्तपुरको सम्पदा क्षेत्रको विषयमा जानकारी लिने उद्देश्यले भक्तपुरको भ्रमणमा आएको बताउनुहुँदै न्यायिक समितिबाट सम्पादित कार्यहरुबारे आफूहरुले पनि सिक्न चाहेको बताउनुभयो । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त सम्पदा पुनःनिर्माणमा भक्तपुर नपाले अग्रणी स्थान हासिल गरेको बताउनुहु“दै भ्रमणका क्रममा भक्तपुरका पुराना शैलीका घरहरु, सम्पदा क्षेत्र र पुरानो नगर क्षेत्रको पनि अध्ययन भ्रमण गर्ने योजना रहेको बताउनुभयो ।
भ्रमण टोलीमा चन्द्रगिरी नपाका वडाध्यक्षसहित, नगर सभा सदस्य, न्यायिक समिति संयोजक र सदस्य, कर्मचारी, कानुनी सल्लाहकार, इन्जिनियर तथा न्यायिक सहजकर्तालगायतको उपस्थिति रहेको थियो ।
Featured Posts – Style 1
राष्ट्रिय कार्यशालामा खाद्य अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड
2026-07-22 Comments Off on राष्ट्रिय कार्यशालामा खाद्य अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड
राष्ट्रिय कार्यशालामा खाद्य अधिकारको प्रभावकारी कार्यान्वयनमा जोडकाठमाडौं ।नागरिकको खाद्य अधिकार तथा खाद्य सम्प्रभुताको प्रभावकारी कार्यान्वयन, कर्णाली प्रदेशको खाद्य सुरक्षा अवस्था...
फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति
2026-07-21 Comments Off on फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति
फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति भक्तपुर । २०८३ साउन ४ भक्तपुर नगरपालिका वडा नं. १०...
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
2026-07-20 Comments Off on गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटनाभक्तपुर, श्रावण ४ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले गत असार महिनाभर भएका कार्यसम्पादनहरु...
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
2026-07-20 Comments Off on सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न भक्तपुर, साउन ४ गते। श्री बाराही बचत तथा ऋण...
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
2026-07-20 Comments Off on स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचनललितपुर,- राजुराम मुनंकर्मीबि.सं. २०८२ चैत्र ७ गते देखि हरेक महिनाकाे पहिलाे शनिबारका...













