कमलबिनायक आवास क्षेत्रमा बृक्षारोपण

कमलबिनायक आवास क्षेत्रमा बृक्षारोपण

भक्तपुर, १ श्रवाण । भक्तपुर नगरपालिका वडा नं १० कमलबिनायक आवास क्षेत्रका स्थानीयहरुको अगुवाईमा बृक्षारोपण कार्यक्रम वडाध्यक्ष लक्ष्मी प्रसाद ह्यौमिखाको प्रमुख आतिथ्यतामा एक समारोह बीच शुक्रबार सम्पन्न भयो ।
प्रमुख अतिथि वडाध्यक्ष लक्ष्मी प्रसाद ह्यौमिखाले समुदाय जागरुक भई वातावरण सौदर्य बनाउने कार्यको प्रशंसनीय भएको बताउँदै कोरोनाको माहामारीमा अक्सिजन नपाएर धेरै मानिसहरुको मृत्यु भएकोले बृक्षारोपनले अक्सिजन दिने भएकोले मानिसहरु स्वस्थ हुने बताउनु भयो । उहाँले बन जंगल नभएको देशहरुमा अक्सिजन अभावले समस्या देखिएको बताउँदै भक्तपुर नगरपालिकालाई अक्सिजन प्लान्ट बनाउने जनताको विश्वासका साथ सहयोगको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा स्थानीय कृष्ण नारायण दुमरुले पनि बोल्नु भयो भने सालखाला ३० वटा बोटविरुवाको बृक्षारोपण गरेको र नगरपालिकाले बोट विरुवा र ट्रि गार्डको व्यवस्था गरिदिएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनु भयो ।