राष्ट्रपतिद्वारा नवदुर्गा गणको दर्शन, …………मान कि अपमान !, यस भित्र हेर्नुहोस्

राष्ट्रपतिद्वारा नवदुर्गा गणको दर्शन, …………मान कि अपमान!
भक्तपुर, कार्तिक ३ गते
भक्तपुरको ऐतिहासिक नवदुर्गा गणको राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रसाद ग्रहण गर्दै पूजा गरेकी छीन् । प्रत्येक वर्ष दशैंको कोजाग्रातको दिनमा राष्ट्र प्रमुखले भक्तपुर नगरको ऐतिहासिक नवदुर्गा मन्दिर आएर नवदुर्गा गणको पूजा र प्रसाद ग्रहण गर्ने प्रचलनलाई निरन्तरता दिन्दै राष्ट्रपति भण्डारीले आज नवदुर्गा गणको दर्शन गरेका हुन । राजा विरेन्द्रले २०४५ साल देखि सुरु गरेको नवदुर्गा गणको दर्शन अहिलेका जननिर्वाचित राष्ट्रप्रमुखले पनि निरंतरता दिएका छन् । मल्लकालिन ऐतिहासिक नवदुर्गा गण ४ महिना मुकुण्डो विना र ८ महिना मुकुण्डो सहति नाँच व्यवस्थापनमा वर्ष दिन नै जुत्ने गरेका छन् । यद्यपी देवगणको आधारभूत शिक्षा र स्वास्थ्य नपाएको गुनासो गरेका छन् । आजको राष्ट्रपतिको नवदुर्गा दर्शनकोक्रममा २१ देवगणहरुलाई रु. १ हजार ५ का दरले दक्षिण चढाएको देवगण बालकृष्ण बनमालाले जनाए । दक्षिणा ग्रहण गर्नेक्रममा बनमालाले राष्ट्रपति समक्ष ४९ हजार भूक्तानी नपाएको गुनासो गरे ।


गत दुई वर्ष अगाडी राष्ट्रपतिले नवदुर्गा दर्शनकाक्रममा १ लाख ३४ हजार ३९४ रुपियाँ खर्च हुने गरी पूजा गरेका थिए । पूजाको तयारीको लागि ८५ हजार पेक्सी पाए पनि बाँकी ४९ हजार ३९४ रुपियाँ भूक्तानी नपाएको गुनासो गरेका हुन । देवगणको गुनासोमा राष्ट्रपति भण्डारीले स्थानीय तहहरुलाई भुक्तानीको लागि पहल गरिदिने बताए । गत वर्ष कोरोना संक्रमणका कारण नवदुर्गाको दर्शन गर्ने व्यवस्था नगरेकाले राष्ट्रपति नवदुर्गा दर्शनका लागि आएकी थिएनन् । यद्यपी जिल्ला समन्वय समिति, सूर्यविनायक नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा पटक पटक ताकेता गरे पनि त्यसको भक्तानी नपाएपछि आज राष्ट्रपति समक्ष सो गुनासो गर्नुपरेको देवगण बनमालाले बताए । भक्तजनको एक दुई रुपियाँ भेटीबाट वर्षभरी जात्रा व्यवस्थापन गर्दै आएका बनमाला समुदायको लागि सो रकम ठूलै भएको भन्दै राष्ट्रपति समक्ष नै गुनासो गर्नुपरेको बताए ।
भक्तपुरको विकासको लागि स्र्वणिम युग भनि चर्चा पाएका क्षेत्र नम्वर २ का सांसद महेश बस्नेतले पनि सो रकमको भूक्तानीको लागि पहल गर्छु, भूक्तानी हुन्छ भनि पटक पटक देवगणहरुलाई आवश्वासन दिएर पनि अहिलेसम्म भूक्तानी नपाएको देवगणहरुको गुनासो छ । सरोकारवाला निकायले ध्यान नदिएपछि बाध्य भएर राष्ट्रपति समक्ष गुनासो गर्नुपरेको उहाँहरुको भनाई छ । राष्ट्रपतिले पूजा गर्ने भनेपछि आवश्यक नपुग रकम देवगणहरुले एक एक रुपियाँ जम्मा गरेर राष्ट्रपतिको पूजाको लागि तयार गर्यो, पूजापछि बाँकी भुक्तानी भएन देवगण बनमालाले सुनाए । देवगणहरु शिक्षित नभएर यस्तो भएको हुनुपर्ने भन्दै उहाँले बनमाला समुदायको शिक्षा र स्वास्थ्य सेवा पाउन राष्ट्रपति समक्ष आग्रह समेत गरेका हुन । नवदुर्गा गण वर्षको ८ महिना काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रमा पुगेर नाँच देखाउनुपर्ने भएकाले बाल देवगणहरुको पढाई छुट्ने गरेको र हुलमुलमा खालि खुट्टा हिड्नुपर्दा घाउचोट लाग्ने देखि खानपिन र बासको उचित बन्दोवस्ति नभएकाले देवगणहरु समेत अस्वस्थ हुनेको उल्लेख गर्दै जात्रामा प्रत्यक्ष सहभागि हुने बनमाला समुदायको स्वास्थ्य सुरक्षाको ब्यवस्था गर्न पनि राष्ट्रपति समक्ष आग्रह गरेका हुन ।
यसरी ४९ हजार रकम भुक्तानीको लागि समेत राष्ट्रपति समक्ष गुनासो गर्न पर्नु राष्ट्रपति प्रति मान हो कि अपमान? यसै गरी देवगणको गुनासो हुन्छ हुन्छ भनि दुई वर्षसम्म अल्झाइ राख्नु नवदुर्गा गण प्रति मान होकी अपमान? यतिबेला जनमानसमा चर्चाको विषय बनेको छ । नवदुर्गा गणको दर्शन गर्न सितल निवास देखि भक्तपुर नगरको कमलविनायकसम्म घण्टौं सवारी जाम हुने गरी लाखौं खर्चेर सवारी हुनुको अर्थ के ? ४९ हजार रुपियाँ भुक्तानीको लागि राष्ट्रपति समक्ष गुनासो गर्नुपर्ने गरी । यता राष्ट्रिपतिको आवागमनमा स्वागत गर्न भक्तपुर नगरपालिका बाहेक अन्य ३ वटै नगरपालिकाका जनप्रतिनिधीहरु र भक्तपुर क्षेत्र नम्वर २का साँसद समेत राष्ट्रपतिको दर्शनका लागि लाइन लाग्नुको औचित्य के ? यो त नवदुर्गाको दर्शन होइन राजनैतिक भेटघाट मात्रै रहेछ । नभए अबौं विकास निमार्णको नाममा खर्च गर्न सक्ने जनप्रतिनिधीहरुले लाखौं करोडौं भक्तजनहरुको आष्ठाको प्रतिक नवदुर्गा गणले राष्ट्रपतिको पूजाको लागि खर्चेको ४९ हजार रकमका लागि राष्ट्रपति समक्ष गुनासो गर्नुपर्ने अवस्था किन आउथ्यो ? बनमाला समुदायको आसय देखिन्छ ।