वागीश्वरी माध्यमिक विद्यालयमा आम हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

वागीश्वरी माध्यमिक विद्यालयमा आम हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
भक्तपुर । वागीश्वरी माध्यमिक विद्यालयको अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा आम हाजिरी जवाफ प्रतियोगिता चैत्र ९, १० र १३ गते सम्पन्न भयो । कक्षा ११ का ६०० विद्यार्थीहरू प्रतिस्पर्धा गरेकोमध्ये फाइनलमा तिनाउ समूहका विद्यार्थीहरू प्रथम, सेती समूहका दोस्रो र कर्णाली तेस्रो भएका छन् ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले विजयी विद्यार्थीहरूलाई बधाई तथा पुरस्कार वितरण गर्दै एमसीसीको बारेमा विरोध गर्दै विद्यँर्थीले राष्ट्र, समाजप्रति सचेत हुनुपर्छ बताउनुभयो ।
उक्त कार्यक्रमका सभापति एवम् विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले देश निर्माणमा विद्यार्थीको पनि उत्तिकै भूमिका रहन्छ भन्दै देशलाई अप्ठ्यारो परेको बेला विद्यार्थी पनि मैदानमा उत्रिनुपर्छ भन्नुभयो ।
कार्यक्रममा शिक्षकहरू मंगलेश्वर ध्वजू, भानुभक्त हुमागाईले पनि बोल्नुभएको थियो ।