विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ५६ लाख नाघ्यो ।।
विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ५६ लाख नाघेको छ । कोरोना महामारीको तेस्रो चरणको लहर सुरु भएपछि मृत्युदर कम रहेपनि पछिल्लो एक सातादेखि मृत्युदर बढेको छ । गत २४ घन्टामा मात्रै विश्वभर ९ हजार २९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । पछिल्लो समय अमेरिका, बेलायत, भारत, रुस, फ्रान्स लगायतका मुलुकमा कोरोनाका कारण मृत्यु हुनेदर बढेको छ । गत २४ घन्टामा अमेरिकामा २ हजार ७ सय ७७, रुसमा ६ सय ९२, भारतमा ४ सय ८९, ब्राजिलमा ३ सय ९६, इटलीमा ३ सय ७३, मेक्सिकोमा २ सय ७८, बेलायतमा २ सय ८८ र पोल्याण्डमा २ सय ४८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ५६ लाख ३ हजार ४० पुगेको छ । कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार गत २४ घन्टामा विश्वभर ३६ लाख ३२ हजार ८ सय ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या ३४ करोड ६७ लाख ८६ हजार ४ सय ४९ पुगेको छ । हालसम्म विश्वभर कोरोनाका कारण सङ्क्रमित भएकामध्ये २७ करोड ६५ लाख ६९ हजार ९ सय ९८ जना स्वस्थ भएका छन् ।
Featured Posts – Style 1
एफ.एम रेडियो दर्ता र अध्यावधिक गर्ने बारे अभिमुखिकरण, नविकरणमा संगित रोयल्टीमा नमुच्छ्न संचालकहरुको आग्रह
2024-05-17 Comments Off on एफ.एम रेडियो दर्ता र अध्यावधिक गर्ने बारे अभिमुखिकरण, नविकरणमा संगित रोयल्टीमा नमुच्छ्न संचालकहरुको आग्रह
एफ.एम रेडियो दर्ता र अध्यावधिक गर्ने बारे अभिमुखिकरण, नविकरणमा संगित रोयल्टीमा नमुच्छ्न संचालकहरुको आग्रहभक्तपुर, बैशाख ४ गतेसूचना तथा प्रसारण विभागले...
भनपा १०का कृषकहरुलाई बीउ उपचार बारे प्रशिक्षण
2024-05-17 Comments Off on भनपा १०का कृषकहरुलाई बीउ उपचार बारे प्रशिक्षण
भनपा १०का कृषकहरुलाई बीउ उपचार बारे प्रशिक्षणभक्तपुर, बैशाख ४ गतेभनपा १० वडा कृषक समूहले धानको बीउ उपचार गरी धानको ब्याद...
नसर्ने रोगसम्बन्धी परीक्षण कार्यक्रममा १९५ जना लाभान्वित
2024-05-17 Comments Off on नसर्ने रोगसम्बन्धी परीक्षण कार्यक्रममा १९५ जना लाभान्वित
नसर्ने रोगसम्बन्धी परीक्षण कार्यक्रममा १९५ जना लाभान्वितभक्तपुर जनस्वास्थ्य कार्यालय भक्तपुरको आयोजना तथा भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा शुक्रबार नसर्ने रोगसम्बन्धी...
समाज कल्याण परिषद्लाई डिजिटाइजेशनमालैजान मन्त्री चौधरीको निर्देशन
2024-05-16 Comments Off on समाज कल्याण परिषद्लाई डिजिटाइजेशनमालैजान मन्त्री चौधरीको निर्देशन
समाज कल्याण परिषद्लाई डिजिटाइजेशनमा लैजान मन्त्री चौधरीको निर्देशन काठमाडौँ, १ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा समाज कल्याण परिषद्का अध्यक्ष भगबती...
नैचाल- मालिगाँऊ बुद्ध दर्शन साइकल यात्राको तयारी पुरा
2024-05-16 Comments Off on नैचाल- मालिगाँऊ बुद्ध दर्शन साइकल यात्राको तयारी पुरा
नैचाल- मालिगाँऊ बुद्ध दर्शन साइकल यात्राको तयारी पुरा जेठ ३, २०८० भगवान बुद्धको जन्म, सम्बोधिलाभ तथा महापरिनिर्वाण भएको त्रिसंयोगपूर्ण पवित्र...