निल बाराहीमा श्रमदान अभियान बारे समीक्षा

निल बाराहीमा श्रमदान अभियान बारे समीक्षा

मध्यपुर, भाद्र ११ गते
निल बाराही क्षेत्र संरक्षण सरोकार समितिले आज श्रमदान अभियानको समीक्षा गरेको छ । गत जेष्ठद ३ गते देखि थालेको श्रमदानकोक्रममा हालसम्म बेहोरेका आरोह अवरोहका क्षेणहरु, माटोको समस्या, जेसिवी समाएको घटना, जनस्तरबाट हालसम्म भएको श्रमदान अन्तर्गतका कार्य तथा केभिडिए र नगरपालिका अन्तर्गत गर्ने भनिएको योजना र त्यसको लागु हुने क्षेत्र, लागु हुन अगाडी पूरा हुनुपर्ने प्रकृया र हालको अवस्थाका समस्याहरु देखि सरोकार समितिको आगामी दिनको कार्यहरुको योजनामा छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको अभियन्ता निसुल प्रजापतिले जनाएको छ ।
श्रमदान सुरु गरे देखि हालसम्म ७० हजार भन्दा बढीले श्रमदान गरिसकेका छन् भने एक करोड भन्दा बढी आर्थिक सहयोग संकलन गरी पहिरोको जोखिमयुक्त क्षेत्रमा माटो भर्ने कार्यमा श्रमदान कार्य भइरहेको छ । सुरुमा हरेक दिन श्रमदान भएको सो मन्दिर परिसरमा हाल सोमबार, बुद्धबार र शनिबार विशेष श्रमदान कार्यलाई निरन्तरता दिइ आएको छ । हाल वर्षाको समयमा पहिला भरिएको माटो बगाउन नदिन तथा जोखिमयुक्त क्षेत्रमा बासको किला गाडेर थप सुरक्षित पार्ने कार्य गर्दै आएको सरोकार समितिले आज श्रमदान अभियान सहित सो क्षेत्रका विभिन्न योजनाहरुमा वृहत्त छलफल एवं अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
अन्तरक्रियामा सरोकार समितिका सचिव अनिष बैद्यले समग्र विषयवस्तुहरुको प्रस्तुतीसँगै सरकारी योजनाले निल बाराहीको प्राकृतिक स्वरुपलाई संरक्षण गर्न नसकिने भन्दै त्यस्तो योजना कार्यान्वयन गर्न नसकिने बताए । निलबाराही क्षेत्रको संरक्षण जैविक तथा प्राकृतिक तरिकाले विज्ञहरुको सल्लाह अनुसार जनश्रमदानबाटै गर्न सकिने धारणा राख्दै सरकारी योजनाहरु पनि श्रमदाता एवं सरोकार समितिले सुझाएको कुराहरु कार्यान्वयन गर्ने भए मात्र स्वीकारर्न सकिने धारणा राखेका थिए ।