श्रीपद्म माविले मनाए, आज १०२औं वार्षिकोत्सव

श्रीपद्म माविले मनाए, आज १०२औं वार्षिकोत्सव
भक्तपुर, मंसिर ८ गते
भक्तपुरको ऐतिहासिक दरवार क्षेत्रसँगै रहेको पद्म माविले आज १ सय २ औं वार्षिकोत्सव मनाएको छ । विद्यालयमा २० वर्ष भन्दा बढी काम गरेको शिक्षक कर्मचारी, सो विद्यालयमै पढेर मन्त्री सम्म भएका पूर्वविद्यार्थी तथा विद्यालयका विभिन्न अतिरिक्त क्रियाकलाप एवं तहगत तथा कक्षागत परीक्षाहरुमा उत्कृष्ठ भएका विद्यार्थीहरुलाई पुरस्कृत तथा विभन्न दाताहरुले प्रदान गरको छात्रवृत्तिहरु समेत वितरण गर्दै सो विद्यालयले आज १सय २ औं वार्षिकोत्सब मनाएको हो ।
बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले पानसमा दीप प्रज्वलन गरी सुरु भएको सो वार्षिकोत्सवमा बोल्दै मन्त्री श्रेष्ठले सांस्कृतिक सम्पदा क्षेत्रमा कंक्रितको नभई परम्परागतशैलीमै संरचना बनाउनुपर्नेमा जोड दिदै विद्यालयको भवन निर्माणमा आर्थिक समस्या मात्रै रहेको भए पूर्वविद्यार्थीहरुबाट एक एक हजारमात्रै सहयोग गर्न सके विद्यालय भवन बनाउन सकिने धारणा राख्नु भयो ।
सभाका सभापति एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा स्थानीय वडाध्यक्ष राजकृष्ण गोराले सरकारमा जाने पार्टी र मन्त्रीहरुले आआफनो क्षेत्रको लागि पैसा माग्ने गलत अभ्यास भइरहेको भन्दै विद्यालय जस्तो पवित्र स्थानहरुको वास्तिविक समस्या बुझेर समाधानका लागि सरोकारवाला निकायले ध्यान दिनुपर्नेमा जोड दिनु भयो । विना स्वास्र्थले दिने दातृ निकायहरुको सहयोगबाट पनि विद्यालय निर्माण गर्न सकिनेमा जोड दिदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका गोराले ऐतिहासिक पद्म माविको भवन २०७२ सालको भूकम्पले पूर्णरुपमा क्षति भएको प्रमाण पत्र लिएपछि माथिलो तल्ला फालेर तल्ला मात्रै थप्ने कार्य गर्न नसकिएको बताउनु भयो । श्री पद्म स्कूल सांस्कृतिक क्षेत्रमा रहेकाले पूरातात्विक मूल्यमान्यता अनुसार मात्रै भवन सम्रचना बनाउनेपर्ने भएकाले पनि निर्माण कार्यमा धिलाई भएको बताउनु भयो । श्री पद्म मावि कांग्रेसीहरुको भएकाले भक्तपुर नगरपालिकाले भवन बनाउन नदिएको भ्रम फैलाउनु गलत भएको भन्दै उहाँले विद्यालय निर्माणमा नगरपालिकाले कुनै अवरोध सृजना नगरेको बताउनु भयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वरबहादुर थापा, विद्यालय व्यवस्थापन समितिका सदस्य एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष विनोदचरण राय, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष अनन्तप्रसाद धौभडेल, पूर्व प्रधानाध्यापक रामगोपाल कर्माचार्यलगायतले विद्यालयका विविध विषयमा चर्चा गरेका थिए ।
कार्यक्रममा स्कुलको प्रगति विवरण प्रस्तुत गर्दै विद्यालयका प्रधानाध्यापक राम हाडाले एक सय वर्ष भन्दा पुरानो ऐतिहासिक स्कुल अहिलेसम्म पनि कक्षाकोठा अभावको समस्यासँंग जुधिरहेको भन्दै दुःख व्यक्त गरे । उनका अनुसार स्कुलका पुराना भबनहरु २०७२ सालको महाभूकम्पले भत्केका थिए । तर त्यो भबन बनाउन सकेको छैन । अहिले स्कुलले विभिन्न अस्थायी टहराहरुमा राखेर विद्यार्थी पढाइराखेको छ ।
कार्यक्रममा प्राचार्य हाडाले स्कुलको मुल भबनको उतरतर्फका प्रस्तावित तीनवटा भबनमध्ये दुई वटा भबन निर्माणका लागि काम भइरहेको जनाए । तर भबन निर्माणका लागि आर्थिक अभाब भइरहेको उनले जनाए ।
भक्तपुरमा राणाकालीन अवस्थामा ठुलो संर्घषका बाबजुद विसं १९८१ स्कुल खुलेको थियो । यो स्कुलको स्थापना चन्द्रशमशेरको पालामा ‘भादगाउँ अङ्ग्रेजी विद्यालय’ का नामले भएको थियो । समाजसेवी जगबहादुर अमात्य र पण्डित शिवप्रसाद मिश्रले दुई कक्षासम्म सञ्चालन गरेका थिए । प्रारम्भिक चरणमै अङ्ग्रेजी शिक्षा भित्रयाउने यो भक्तपुरकै पहिलो स्कुल थियो ।
विसं २००३ सालमा पद्म शमशेरले यसलाई माध्यमिक तह बनाउने हुकुम दिएसँगै यसको नाम पनि फेरियो । यहाँका विद्यार्थी २००३ सालबाटै एसएलसी परीक्षामा सहभागी थिए । त्यो बेला ४ जना विद्यार्थीले परीक्षा दिएका थिए । राणाकालदेखि विभिन्न समस्या झेल्दै भक्तपुरको शैक्षिक गुणस्तरलाई ध्यान दिँदै आएको उक्त स्कुल हालसम्म पनि टहरामा अध्यापन गराउन बाध्य हुँंदै आएको छ ।
कार्यक्रममा विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र पनि वितरण गरिएको थियो ।