न्यून चापीय प्रणालीका कारण नेपालको मौसम बदली रहने ः मौसम पूर्वानुमान महाशाखा ।

न्यून चापीय प्रणालीका कारण नेपालको मौसम बदली रहने ः मौसम पूर्वानुमान महाशाखा ।।
जल तथा मौसम विज्ञान अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले नेपालमा अझै केहीदिन मौसममा बदली रहने जनाएको छ । महाशाखाका अनुसार नेपालमा फेरि अर्को न्यून चापीय प्रणालीको प्रभाव पर्ने भएकाले मौसम सुधार हुन समय लाग्ने छ ।महाशाखाले आज बिहानदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको अर्को पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पश्चिमबाट आज, भोलि र पर्सि क्रमशः नेपालभर प्रभाव पार्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । उक्त प्रणालीको प्रभावले देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने बताइएको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली भइ बागमती तथा प्रदेश १ का थोरै स्थानमा हल्का वर्षा÷हिमपात भइरहेको छ। आज देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही तराईका भू–भागमा आंशिकदेखि सामान्यतया बदली भइ देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहनुका साथै सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लगातार चिसो बढ्ने क्रममा रहेकाले सुरक्षा सावधानी अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।