२८ गते बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित ।

२८ गते बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित ।
पुुस २८ गतेका लागि बोलाइएको प्रतिनिधी सभाको बैठक स्थगित भएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपनि प्रतिनिधी सभाको बैठक स्थगित गरिएको हो । संसद सचिवालयले सुचना जारी गरि पुस २८ गते बुधबारका लागि बोलाएको बैठक माघ ३ गते सोमबारका लागि सारेको जानकारी दिएको हो । नेकपा माओवादी केन्द्रको महाधिवेशनमा सहभागी धेरै सांसदहरूमा कोरोना सङ्क्रमण देखिएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपनि कोरोना सङक्रमित भएर घरमै आइसोलेसनमा बसिरहनुभएको छ । प्रतिनिधि सभाजस्तै राष्ट्रिय सभाको बैठक पनि माघ ३ गतेसम्मका लागि स्थगित भइसकेको छ।