भक्तपुर नगरमा पनि संक्रमण बढ्दो, ख्वप अस्पताल आइसोलेशनमा ५ आइसियू थप 

भक्तपुर नगरमा पनि संक्रमण बढ्दो, ख्वप अस्पताल आइसोलेशनमा ५ आइसियू थप
भक्तपुर, माघ ७ गते
भक्तपुर नगरमा कोरोना संक्रमणको दर दिन प्रतिदिन बढ्न थालेको छ । अस्ति २८ जनामा मात्र संक्रमण देखिएकोमा हिजो एक्कै दिन ८७ जनामा संक्रमण पुष्टि भएको थियो भने पछिल्लो २४ घण्टामा १३८ जना संक्रमित थपिएका छन् यद्यपी भक्तपुर नगरपालिकाले संञ्चालन गर्दै आएको आइशोलेशन केन्द्रमा आजको दिनसम्म कोही पनि आइशोलेशनमा भर्ना भएका छैन । संक्रमितको संख्या बढ्दो छ तर गत वर्ष झै संस्थागत आइसोलशनमा बस्नुपर्ने गरी कोही पनि संक्रमित ख्वप अस्पतालको कोभिड आसोलेशन केन्द्रमा नआएको अस्पतालका चिकित्सक डाक्टर अमर प्रजापतिले जनाए । यद्यपी कोरोना संक्रमित र लक्षण देखिएका समुदायको फोन भन्ने बाकिएको ख्वप अस्पतालका व्यवस्थापक विश्वजित प्रजापतिले बताए । आज विहान मात्रै ३० कल भन्दा बढी आयो । साँझ विहान संक्रमित र लक्षण देखिएकाहरुको फोन धेरै आउन थाल्यो उहाँले बताए । कोरोना संक्रमित बढ्न थालेपछि ख्वप अस्पतालले डाक्टर अमर प्रजापति र डाक्टर विभेद न्यौपानेको मोबाइल नम्वर सार्वजनिक गरेपछि फोन आउनेक्रम बढेको हो ।संक्रमित बढे पनि आइसोलेशन सञ्चालनमा ल्याइ सकेको छैन । यद्यपी सञ्चालनको लागि पूर्णरुपमा तयारी अवस्थामा रहेको ब्यवस्थापक गौतम लासिवाले जनाए ।

Bhaktapur Municipality
ओमिक्रोन भाइरस अरु भाइरस भन्दा १० गुणा संक्रामक भए पनि संक्रमितहरुमा सामान्य रुघाखोकी, ज्वरो र जीउ दुख्ने लक्षण मात्र देखिएकोले आइसोलेशनसम्म आइनपुगेको उल्लेख गर्दै संक्रमितहरुले डाक्टरी पराशर्म लिनेको संख्या भन्ने बढेको बताए । ख्वप अस्पताल कोभिड आइसोलेशन केन्द्र भक्तपुर नगरपालिकाले गत वर्षमा झै यस वर्षका लागि २५ शैयाको एचडियू ५० शैयाको सामान्य वेड तयारी अवस्थामा राखिएको छ । य यस वर्षको लागि भन्ने थप ५ शैयाको आइसियू पनि तयारी पूरा गरेको डाक्टर प्राजापतिले बताए । आवश्यक परे थप २ आइसियू वेड थप्न सकिने गरी सम्पूर्ण तयारी पूरा गरेको बताएका हुन । जनताको सहयोगमा स्थापना भएको अक्सिजन प्लान पूर्णरुपमा सञ्चालनमा रहेको तथा आइसोलेशन पनि तयारी अवस्थामा रहेकाले गत वर्ष झै वेड, अक्सिजनको अभाव झैल्न नपर्ने आफूलाई लागेको तर संक्रमण थप वृद्धि भए भन्न नसकिने भएकाले निर्माणाधिन ख्वप अस्पतालमा पनि आवश्यक परे थप वेड राख्न सकिने उल्लेख गरेका छन् । ख्वप अस्पताल १ सय शैयाको अस्पतालको रुपमा सञ्चालनको तयारीमा रहेको छ ।