उद्यमशिलता सीप विकास तालिम सम्पन्न ।

उद्यमशिलता सीप विकास तालिम सम्पन्न ।

भक्तपुर घरेलु तथा साना उद्योग संघको समन्वयमा उद्योग तथा बाणिज्य कार्यालयबाट संचालित उद्यमशिलता सीप
विकास तालिम सम्पन भयो ।सो अवसरमा उद्योग तथा बाणिज्य कार्यालयका कार्यालय प्रमुख रामप्रसाद कुस्माले तालिम
लिएर उद्यमी वन्न चाहन्नेलाई लक्षित गरी उद्यमशीलता सिप विकास तालिम संचालन गरी रहेको बताउनु भयो
।उद्यमशीलता सिप विकास तालिमले उद्योग कहाँ कसरी र किन दर्ता गर्न भने विषयमा जानकारी गराउनु साथै उद्यमी
भई सफल भएका उद्यमीको प्ररणादायी कथाहरु पनि सुनाउने भएकोले नयाँ उद्यमीलाई यो तालिमले मार्ग दर्शन हुने
बताउनु भयो । साथै कार्यालय प्रमुख कुस्माले उद्योग तथा बाणिज्य कार्यालयले साना उद्यमी उत्थानको लागि विभिन्न
सिपमुलक तालिम प्रदान गर्नुका साथै ५० प्रतिशत लागत साझेदारीमा मेशिन उपकरण पनि प्रदान गर्ने जानकारी गराउँदै
उद्यमशीलता सिप विकास तालिम लिई उद्यमी बन्न अनुरोध गर्नुभयो । भक्तपुर घरेलु तथा साना उद्योग संघसँगको
सहकार्यमा यो बर्ष व्युटिपार्लर अतिथि सत्कार घरेलु उत्पादन मेला तथा स्थानीय उत्पादनहरुलाई प्रवर्द्धन गर्ने हेतुले गो
लोकल कार्यक्रम संचालन गरेको बताउनु हुन्दै निजी क्षेत्रमा भक्तपुर घरेलु तथा साना उद्योग संघले गर्दै आईरकेको
कार्यप्रति खुशी व्यक्त गर्नु हुन्दै निजी क्षेत्रको तर्फबाट भक्तपुर घरेलु तथा साना उद्योग संघले उद्यमी बन्न चाहनेहरुलाई
सहकार्य गर्नुहुन्छ भने सरकारको तर्फबाट सहकार्य एव समन्वय गर्ने कार्य उद्योग तथा बाणिज्य कार्यालयले गर्ने बताउनु
भयो ।
कार्यक्रममा उद्यमशिलता सिप विकास तालिममा सहभागी प्रशिक्षार्थिहरुलाई मध्यपुर थिमि नगरपालिका वडा नं ५
वडाध्यक्ष श्री बालकृष्ण श्रेष्ठले प्रमाण पत्र वितरण गर्नुभएको थियो भने प्रमुख अतिथि अतिथि प्रशिक्षक लगायत संघका
पदाधिकारीहरुलाई भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले मायाको चिनो बितरण गर्नुभएको
थियो ।