भक्तपुरको एतिहासिक निलबाराही मन्दिर परिसरको पहिरो रोकथामका लागि आज हजारौं जनाले श्रमदान गरेका छन । श्रमदान अभियानको आज आठौं सनिबार भक्तपुर नगरका हजारौ श्रमदाताहरुले एकैसाथ श्रमदान गरेका हुन । भक्तपुर नगरको टोल टोलका दाफा भजन तथा गूठीका समुदायले एतिहासिक निलबराही मन्दिर परिसर पहिरोको जोखिमा पर्दा समेत सरोकारवाला निकाएले ध्यान नदिएको भन्दै सम्पदामी समुदायले आर्थिक भैतिक सहयोगसङै श्रमदान गर्न आएको बताएका हुन ।


श्रमदान अभियानको आज आठौं हप्ता सबै भन्दा उत्कृष्ट सहभागी रहेको अभियान्ता निसुल प्रजापतिले बताएका छन । अनुमान गरे भन्दा बढी श्रमदाता उपस्थित भएकोले श्रमदाता ब्यनस्थापन गर्न असजिलो महसुस गराए पनि उपस्तिथि उत्साहप्रद रहेको बताए । एसै गरि जनश्रमदान जितेमा अबको एक हप्ताभित्र पुरानो बाटो पुन:स्थपित हुने उहाले बताए ।
धनबाराहीको नामले समेत पुजिने निल बाराहीलाइ भक्तपुर नगरका समुदायले तिङले बाराहीको रुपमा हरेको शुभकार्यको अबसरमा अनिवार्य रुपमा पुज्दै गर्दछन ।
मन्दिर परिसरको जताततै पहिरो गरिरहेको चर्चा गर्दै स्थानिय सुर्यराम श्रेष्ठले सो छेत्रमा 2025/30 साल देखि पहिरो जान थले पनि प्रभाबकारी कदन चाल्न नसकेको गुनासो गरेको गरेको छ्न ।














