ख्वप इन्जिनियरिग कलेजको वार्षिकोत्सवमा संस्कृतिकर्मीहरु सम्मानित

ख्वप इन्जिनियरिग कलेजको वार्षिकोत्सवमा संस्कृतिकर्मीहरु सम्मानित
भक्तपुर, मंसिर १५ गते
भक्तपुर नगरपालिकाले सञ्चालन गर्दै आएको ख्वप इन्जिनियरिङ्ग कलेजको २० औं र ख्वप कलेज अफ इन्जिनियरिङ्गको १३ वार्षिकोत्सवको अवसरमा संस्कृतिकर्मीहरु सम्मानित भएका छन् । साथै इन्जिनियरिङ्ग पूरा गरेका सयौं विद्यार्थीहरुलाई मायाको चिन्ह प्रदान गर्दै विदाई पनि गरेको छ । बुधबार कलेज प्रांगणमा आयोजित वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेलडकर्मी रामचन्द्र अवाल, सिकर्मी लक्ष्मीभक्त राजचल र लोहकर्मी काजीराम रंजितकारलाई तथा ख्वप माविमा दस वर्ष निरन्तर सेवा गरेका २२ जना शिक्षक तथा कर्मचारीहरुलाई नगद सहित सम्मानित गरेका थिए । ज्ञान र चिन्तनलाई अल्छि नमानि निरतरता दिनुपर्नेमा जोड दिन्दै अध्यक्ष विजुक्छेले सो अवसरमा जागिर खाने चिन्तनबाट माथि उठेर काम गर्नुपर्नेमा जोड दिनु भयो । एउटै ढंगले अगाडी बढ्यो भने विकास हुन नसक्ने उल्लेख गर्दै अध्यक्ष विजुक्छेले देशमा समाजउन्मुख संविधान भए पनि पूँजीवादी दृष्टिकोणबाट नेताहरु अघि बढ्नाले राजनीतिमा समस्या देखिएको बताउनु भयो ।

This image has an empty alt attribute; its file name is udhghatan-1024x683.jpg
कार्यक्रममा नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले ख्वप इन्जिियनिङ्ग कलेज विकास गर्नुको उदेश्यहरु माथि प्रकाश पार्दै ख्वप विश्व विद्यालयको अवधारणाको विकासले भक्तपुर शैक्षिक गण्तव्यस्थलको रुपमा विकास हुने बताउनु भयो । जनताका छोरा छोरीलाई नसिंग पढ्नबाट रोक्नु जायज नभएको बताउँदै उहाँले बाह्य शक्तिको चलखेल गर्न एमसीसी ल्याउन खोजिएकोले त्यसको विरोध गर्नुपर्ने बताउनु भयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको सभापतित्वमा भएको सो कार्यक्रममा प्रदेश संसद सुरेन्द्र राज गोसाईले अध्यक्ष विजुक्छेको परिकल्पना अनुसार भक्तपुर नगरपालिकाले ख्वप र्सकल मार्फत शिक्षा क्षेत्रमा गर्दै आएको विकास देशकै लागि उदाहरणीय भएको बताउनु भयो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शिक्षामा भक्तपुर नगरपालिकाको अतुलनिय योगदान रहेको बताउँदै यसबाट उत्पादित जनशक्ति प्रतिस्पर्धी र गुणस्तरीय रहेको बताउनु भया ।
पूर्वाञ्चाल विश्व विद्यालयका डिन डा.प्रा.देवीप्रसाद भट्टराईले ख्वप इन्जिनियङ्गि कलेज देशकै पहिलो सामुदायमा आधारित कलेज भएको उल्लेख गर्नु भयोे भने नेपाल इन्जिनियरिङ्ग काउन्सिलका रजिष्ट्रार शिवमंगल गिरीले ख्वप इन्जिियनिङ्ग कलेजको शैक्षिक गतिविधी उपलब्धीमुलक भएकाले यसको पेशागत र गुणस्तरीयताका लागि आवश्यक सहयोग गर्न प्रतिबध रहेको बताए ।
सो अवसरमा उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, ख्वप इन्जिनियरिङ्ग कलेजका प्राचार्य सुजन माक, ख्वप कलेज अफ इन्जिनियङ्गि कलेजका प्राचार्य सुनिल दुवालले पनि बोल्नु भएको सो वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न प्रतियोगिताहरुका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत तथा लामो समयसम्म क्रियाशिल रहेका शिक्षक कर्मचारीहरुलाई सो अवसरमा सम्मानित गरेका थिए भने औपचारिक कार्यक्रम पश्चात विद्यार्थीहरु बीच साँस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो ।