२७ विविध भाषा सहित्य सम्मेलनको प्रचारार्थ आज रक्रदान कार्यक्रम आयोजना

२७ विविध भाषा सहित्य सम्मेलनको प्रचारार्थ आज रक्रदान कार्यक्रम आयोजना
भक्तपुर, कार्तिक १ गते
२७ औं विविध भाषा साहित्य सम्मेलन तथा साँस्कृतिक ब्वज्याले सम्मेलनको प्रचारार्थ आज रक्तदान कार्यक्रम आयोजना गरेको छ । मध्यपुर थिमि ५ तुलंननी, कुम्हाननीमा आयोजित सो रक्तदान कार्यक्रममा ६ जना महिला सहित ३९ जनाले रक्तदान गरेको आयोजक समितिका पूर्व अध्यक्ष एवं सल्लाहकार सूर्यराम श्रेष्ठले जनाएको छ ।
विविध भाषा साहित्यिक समाजले यही कार्तिक ४ गते म्हपूजाको दिन मध्यपुर थिमी वडा नं. ५ स्थित मथिनपा कुतिंचिभामा २७ औं विविध भाषा साहित्य सम्मेलन आयोजनाको तयारी स्वरुप आज रक्तदान कार्याक्रम आयोजना गरेको उहाँले बताउनु भयो ।
यसपालिको २७ औं विविध भाषा साहित्य सम्मेलन स्थानीय विजय प्रजापतिको अध्यक्षतामा आयोजना गर्न विभिन्न तयारी भइरहेको पनि उहाँले जनाएको छ ।