एचआईभी संक्रमित भक्तपुरमा बढ्योः अभियान्ता
भक्तपुर, मंसिर १५ गते
दिसेम्वर १ तारिखका दिन विश्वभर एड्स दिवस मनाइ रहँदा भक्तपुरमा एड्स रोगि बढ्न थालेको विश्लेषण हुन थालेको छ । तुलनात्मक रुपमा एचआइभीका संक्रमितहरु विश्वभर कम हुन थालेको भए पनि यस जिल्लामा भन्ने बढ्न थालेको विश्लेषण भएको हो । स्वास्थ्य कार्यालय भक्तपुरले वुधबार आयोजना गरेको एक समारोह बीच एचआईभी संक्रमितहरु सून्य पार्ने योजना भए पनि सो अनुसार काम हुन नसकेको टिप्पणी गर्दै कार्यालय प्रमुख कृष्णवहादुर मिजारले क्षयरोगका कारण पनि एचआईभी संक्रमण कम हुन नसकेको बताउनु भयो । संक्रमितहरुको यथार्थ विवरण संकलन गरी तिनीहरुको उचित उपचार र परामर्शले मात्रै संक्रमण रोकथाम र संक्रमितको सुरक्षित भविष्या हुने बताए । हाल जिल्लामा ३० जना भन्दा बढी एचआईभीका संक्रमितहरुले नियमित रुपमा उपचारमा रहेको तथा संक्रमितहरुबाट जन्मेका ३ जना बालबालिकाहरु मध्ये एक जनाको ज्यान गरेको उल्लेख गर्दै बाँकी संक्रमितहरुलाई सहिजीकरण गर्दै आएको सामाजिक अभियान्ता रोशन सुवालले बताए । । अझै पनि समाजमा लुकेर रहेका एचआईभी संक्रमितहरुको खोजि गर्नुपर्ने आवश्यकतलाई सो अवसरमा जोड दिँदै सहभागिहरुले असुरक्षित यौन गतिविधि, लागु पदार्थ दुव्र्यषनी, विदेशबाट स्वदेश आएका एचआईभी संक्रमितहरुका कारण भक्तपुरमा संक्रमितको संख्या बढेको बताए । अभियान्ताहरुले भने भारतबाट फर्केकाहरुमा पनि संक्रमण देखिएको छ । गर्भवति महिलाको एचआईभी परीक्षण नगर्दा बच्चालाई समेत जोखिम भएकाले परीक्षणको दायरा पनि बढाउनुपर्ने सुझाएका छन् । एचआईभी एड्स सम्बन्धि जनचेतना, परामर्श र संक्रमितहरुको व्यवस्थापनलाई विकसित विभिन्न प्रविधि र औषधी उपचारका साथै आवश्यक स्रोतहरुको परिचालनको लागि पनि सो अवसरमा सरोकारवालाहरु बीच छलफल गरेका थिए । जिल्लामा चाँगुनारायण नगरपालिका र मध्यपुर थिमी नगरपालिकामा बढी एचआईभिका संक्रमितहरुको संख्या रहेको उल्लेख गर्दै संक्रमण पुष्टि भएका र संक्रमितहरुको विवरण अनुसार थप अध्ययन र परीक्षण गर्दै जाँदा थप संक्रमितहरु पुष्टि हुँदै आएको पनि सो अवसरमा अभियन्ताहरुले खुलाए । संक्रमित पुष्टि भएपछि पनि तिनिहरुले छिटो यर्थाथ विवरण दिन नचाहने कारणले पनि भित्र भित्रै संक्रमितहरु लुकि रहेको खुलासा गरेका हुन ।
Featured Posts – Style 1
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
2026-08-28 Comments Off on भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।भक्तपुर, १२...














