लैंगिक हिंसा विरुद्ध भक्तपुरका महिला उद्यमीहरु अन्तरक्रियामा
भक्तपुर, मंसिर १५ गते
गर्व अवस्था देखि ९० वर्ष उमेर समूहका व्यक्ति माथि समेत लैगिंक हिसां भएको उल्लेख गर्दै भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले १६ दिने लैगिक हिसा विरुद्धको अभियानलाई अभियान अवधिमा मात्रै समिति नगरी यसलाई व्यवहारिक रुपमा हिंसा न्युनिकरणकालागि काम गर्नुपर्नेमा जोड दिनु भयो । भक्तपुर चेम्वर अफ कमर्सले बुधबार भक्तपुरमा आयोजित उद्यमी व्यवसाय महिलाहरुलाई दिएको अभिमुखिकरण कार्यक्रममा उहाँले सो कुरा बताउँदै महिला हिंसा एवं लैंगिक हिंसाका घटनाहरु सबै बाहिर नआउने गरेकाले त्यस्तो हिंसा अन्त्यका लागि काम गर्नुपर्नेमा जोड दिएका हुन । १६ दिने महिला हिंसा विरुद्धको अभियानको पृष्ठभूमि बारे चर्चा गर्दै प्रजअ शर्माले देश विदेशमा भएका आन्दोलन र नीतिगत व्यवस्थाहरुले नेपाली महिलाहरु प्नि उच्च पद्हरुमा पुग्न सफल भएको बताउनु भयो । महिला उद्यमीले आफ्नो उद्यममा जसरी मेहनतका साथ सफल छन्, त्यसै गरी हिंसा न्यूनिकरणमा पनि ध्यान दिनुपर्नेमा उहाँले जोड दिनु भयो ।
लैगिक हिंसा विरुद्धको अभियान, व्यवसायिक क्षेत्रमा महिलाको सुरक्षा विषयक भक्तपुर चेम्वर अफ कमर्सको अन्तरक्रिया कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरिक्षक शिवकुमार श्रेष्ठले आफ्नो प्रस्तुतीकरण गर्दै महिला हिंसाका विभिन्न पक्षहरुलाई केलाउनु भयो । समाजमा हुने हिंसा, बलात्कार, बेचविखन, दुव्र्यषनी रोक्न आपसमा सहकार्य र समन्वयको आवश्यकतामा जोड दिन्दै प्रहरी उपरिक्षक श्रेष्ठले हिंसा विरुद्ध उजुरी दिन, न्याय पाउन बिलम्ब नगरी हिंसाको प्रकृति अनुसार सरोकारवाला निकायमा समयमै पुग्नुपर्नेमा जोड दिनु भयो । सहभागि महिला उद्यमीहरुले आफुहरुले देख्दै आएको महिला हिंसा, बाल विबाह, बलात्कार जन्य अपराधहरुको अध्ययन अनुसन्धान र व्यवस्थापन कसरी गर्ने भन्ने सवालहरुमा आआफ्ना जिज्ञासाहरु राखेका थिए भने नेपाल चेम्वर अफ कमर्सका केन्द्रीय सदस्य रोशन भ्योद्य, जिल्ला अध्यक्ष न्हुछे रत्न मानन्धर लगायतले पनि महिला हिंसा विरुद्ध एक्यवद्धता जनाउँदै व्यवसाय प्रवर्धनका सावालहरुमा विचार व्यक्त गरेका थिए ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
2026-10-23 Comments Off on हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली भक्तपुर, कार्तिक ५ गते, विहीबार । जनता म्वाःसा भाषा म्वाइ अर्थात जनता बाँचे...
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
2026-10-22 Comments Off on बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने भक्तपुर, २०८३ कार्तिक ४ पीखुक्वगु नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको आयोजनामा वृहत् प्रचारप्रसार...
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...













