“सेवा परमो धर्म” कोरोना प्रतिकार्यमा थप जुध्न तयार
भक्तपुर,
भक्तपुर चेम्बर अफ कमर्श र भक्तपुर लायन्स सेवा समन्वय समितिबाट कोरोना रोकथाम र उपचारका लागि भएका अभियानहरु बारे जानकारी र सुझाब संकलनका लागि बुधबार पत्रकार सम्मेलन आयोजना गरियो । अनलाईन माध्यमबाट भएको सो पत्रकार सम्मेलनमा महामारी नियन्त्रण र संक्रमितको उपचारमा “सेवा परमो धर्म” अभियान अन्तर्गत भएका गतिविधिहरु बारे जानकारी दिएकाका हुन । सो समितिले कोरोना भाइरसको दोस्रो संक्रमण भयाभव भएपछि विभिन्न संघ संस्थाहरुसँग समन्वय गर्दै चाँगुनारायण क्षेत्रमा ५० शैय्याको आइसोलेशन सञ्चालन गरी सो केन्द्रमा उपचारका लागि आएका विरामीहरुलाई निःशुल्क खानाको व्यवस्थापन गर्दै आएको बताए । आइसोलेशन सञ्चालन सहित कोरोना रोकथामकालागि हरेक दिन माइकिंग गर्दै आएको उल्लेख गर्दै कोरोना संक्रमितको उपचार गर्दै आएका डाक्टर, नर्सहरु एवं स्वास्थ्यकर्मीहरुका लागि समेत क्वारेन्टाइन सञ्चालन गर्दै आएको बताए । “सेवा परमो धर्म” अभियानका संयोजक एवं नेपाल चेम्वर अफ कमर्शका केन्द्रीय सदस्य रोशन भ्योद्योले अभियान बारे थप प्रकास पार्दै भक्तपुर जिल्लाका चार वटै नगरपालिकाहरुलाई आर्थिक, भौतिक सहयोग गरी कोरोना रोकथाम र उपचारमा सक्दो सहयोग गर्दै आएको बताए । उहाँले फेरी तेस्रो चरणको कोरोना संक्रमणको लहर आयो भन्ने पनि विभिन्न सहयोगी संघसंस्थाहरुसँगको सहकार्यमा थप प्रभावकारी सेवा दिने तयारीमा रहेको उल्लेख गर्नु भयो । सो अभियान अन्तर्गत ७ वटा अभियानहरु सञ्चालनमा रहेको र त्यसलाई आवश्यकताको आधारमा थप प्रभावकारी बनाउन प्रतिबध रहेको पनि संयोजक भ्योद्योले बताए । सो अवसरमा भक्तपुर चम्वर अफ कमर्श भक्तपुरका अध्यक्ष न्हुछे मानन्धरले निःशुल्क डाक्टर परामर्श सेवा, अक्सिजन सहजिकरण, निःशुल्क २४ घण्टा एम्बुलेन्स सेवा, सहित अहिलेसम्मका महत्वपूर्ण गतिविधी र उपलब्धीहरु बारे जानकारी दिएका थिए । सो अवसरमा विभिन्न सहयोगी संघ सस्थाका अग्रहहरुले पनि आआफ्ना कार्य सम्पादन अनुभवहरु प्रस्तुत गर्दै कोरोना रोकथाम र उपचार एवं प्रतिकार्यमा सहयोग र सहकार्य गर्न प्रतिबधता जनाएका थिए । सो कार्यक्रममा सामाजसेव विष्णुभक्त मारिखु, केपी अवाल, राजुमान बज्राचार्यले सहजिकरण गरेका थिए ।
Featured Posts – Style 1
राष्ट्रिय कार्यशालामा खाद्य अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड
2026-07-22 Comments Off on राष्ट्रिय कार्यशालामा खाद्य अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड
राष्ट्रिय कार्यशालामा खाद्य अधिकारको प्रभावकारी कार्यान्वयनमा जोडकाठमाडौं ।नागरिकको खाद्य अधिकार तथा खाद्य सम्प्रभुताको प्रभावकारी कार्यान्वयन, कर्णाली प्रदेशको खाद्य सुरक्षा अवस्था...
फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति
2026-07-21 Comments Off on फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति
फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति भक्तपुर । २०८३ साउन ४ भक्तपुर नगरपालिका वडा नं. १०...
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
2026-07-20 Comments Off on गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटनाभक्तपुर, श्रावण ४ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले गत असार महिनाभर भएका कार्यसम्पादनहरु...
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
2026-07-20 Comments Off on सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न भक्तपुर, साउन ४ गते। श्री बाराही बचत तथा ऋण...
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
2026-07-20 Comments Off on स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचनललितपुर,- राजुराम मुनंकर्मीबि.सं. २०८२ चैत्र ७ गते देखि हरेक महिनाकाे पहिलाे शनिबारका...














