भक्तपुर नगरपालिका प्रकोप व्यवस्थापन कोषमा आज रु‍ ९ लाख २१ हजार ८ सय ६३ रकम जम्मा

भक्तपुर नगरपालिका प्रकोप व्यवस्थापन कोषमा आज रु९ लाख २१ हजार ८ सय ६३ रकम जम्मा

२०७८ जेठ २६ गते, बुधबार

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन र आवश्यक स्वास्थ्य उपकरणहरू व्यवस्था गर्न लागि नगरपालिकाको आह्वानलाई स्वीकार्दै विभिन्न सहकारी संस्था, संघ संस्था र दाताहरूबाट आर्थिक सहयोग प्राप्त हुने क्रम बुधबार पनि जारी छ ।

ख्वप अस्पताल कोभिड युनिटमा अक्सिजन प्लान्ट जडान गर्न भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा २०७८ जेठ ५ गतेदेखि २६ गतेसम्ममा आर्थिक रु‍ ५ करोड ३६ लाख ३८ हजार ६ सय ९४ रुपैयाँ बराबरको आर्थिक तथा भौतिक सहयोग प्राप्त भएको छ । यसै क्रममा मिति २०७८ जेठ २६ गते बुधबार मात्र आर्थिक ररु‍ ९ लाख २१ हजार ८ सय ६३ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । आजै भक्तपुर उद्योग वाणिज्य संघबाट आर्थिक सहायता सहित ३ वटा अक्सीजन कन्सन्ट्रेटर सहयोग स्वरुप प्राप्त भएको छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले सहायता रकम ग्रहण गर्नुहुँदै विषम् परिस्थितिमा जनतालाई स्तरीय उपचार सेवा प्रदान गर्न आवश्यक स्वास्थ्य उपकरण खरिद कार्यमा जनस्तरबाट स्वेच्छाले आर्थिक, भौतिक तथा नैतिक सहयोग प्रदान गर्नुहुने संघ—संस्था, विद्यालय, कलेज, उद्योगी व्यवसायी तथा शुभचिन्तकहरुमा नगरपालिकाको तर्फबाट धन्यवाद ज्ञापन गर्दै नगरपालिकाका केही प्रकाशनहरु प्रदान गर्नुभयो ।

आगामी दिनमा भक्तपुर नपाको कोषमा रकम जम्मा गर्न चाहने महानुभाव तथा संघसंस्थाहरूले भक्तपुर नगरपालिका, प्रकोप व्यवस्थापन कोषको नेपाल बैंक लिमिटेड, कमलविनायक शाखामा रहेको खाता नं। ०१९०३०००००७००२०००००३ (खाताकाे नाम BHAKTAPUR NA.PA. PRAKOP BYABAS) मा जम्मा गर्नु हुन अथवा भक्तपुर नपामा उपलब्ध गराउन नपाले अनुरोध गरेको छ ।