भक्तपुरमा आज थपिए १ सय ६३ जना संक्रमित

भक्तपुरमा आज थपिए १ सय ६३ जना संक्रमित

काठमाण्डौ, कार्तिक ९ गते

भक्तपुरमा आज १ सय ६३ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या जिल्लामा ५ हजार ३ सय ८२ पुगेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारका अनुसार आज विहानसम्म संक्रमितको संख्या २२४८ महिला र २९७१ पुरुष सहित ५२१९ संक्रमित रहेका थिए । ति संक्रमितहरु मध्ये १२८८ महिला र १६४३ पुरुषसहित २९३१ ले कोरोना जिति सकेका थिए भने अलिहे सक्रिय सक्रिय संक्रमितको संख्या ९४२ महिला र १२८८ पुरुष गरी २२३० जना छन् । कोरोनाका कारण १८ महिला र ४० पुरुष गरी ५८ जनाको निधन समेत भइ सकेको कार्यालय प्रमुख मिजारले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज साँझसम्म भक्तपुरका थप १ सय ६३ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।