प्राबिधिक शिक्षामा नेपाली सेनाले चाँगुनारायणवासीलाई छात्रबृत्ति प्रदान गर्ने, सातबुँदे सहमति पत्रमा हस्ताक्षर
रमेश गिरी
भक्तपुर, २३ साउन । नेपाली सेनाले आफ्ना खरिपाटीस्थित आफ्नो कलेजमा प्राबिधिक विषयमा अध्ययन गर्न चाहने चाँगुनारायणका स्थानीयवासीलाई छात्रबृत्ति प्रदान गर्ने भएको छ ।
चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीको प्रस्तावका आधारमा खरिपाटीस्थित नेपाली सेना ईएमई पोलिटेक्निक महाविद्यालयले डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङ र डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ विषयमा अध्ययनका लागि चाँगुनारायणवासीलाई छात्रबृत्ति उपलब्ध गराउने सहमति भएको हो ।
चाँगुनारायण नगरपालिका कार्यालयमा नगरपालिका र महाविद्यालयबीच चार जनालाई छात्रबृत्ति उपलब्ध गराउने विषयमा सातबँदे समझदारीपत्रमा हस्ताक्षर गरेको हो ।
समझदारी पत्रमा नगरपालिकाको तर्फबाट नगरप्रमुख जीवन खत्री र प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठ तथा महाविद्यालयको तर्फबाट प्राविधिक प्रमुख सेनानी अनुप डंगोलले समझदारीपत्रमा हस्ताक्षर गर्नु भएको हो ।
हस्ताक्षर पछि आजै नगर प्रमुख खत्रीले दुबैपक्षबीच भएको सहमतिअनुसार चाँगुनारायण नगरपालिकाबाट डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङ र डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ कार्यक्रमका लागि छनौट हुने प्रत्येक विषयमा एक÷एक जना विद्यार्थीलाई ५० प्रतिशत शुल्क नगरपालिकाले व्यहोर्ने गरि पूर्ण छात्रवृत्ति प्रदान गरिने सहमति भएको बताउनुभयो ।
नेपाली सेना ईएमई पोलिटेक्निक महाविद्यालयले दुवै विषयका लागि चाँगुनारायण नगरपालिकालाई थप कोटा उपलब्ध गराउने सहमति समेत भएको जानकारी दिदै नगर प्रमुख खत्रीले थप कोटामा नगरवासीका थप नागरिकले यसैवर्षदेखि अध्ययन गर्न पाउँने बताउनुभयो ।
महाविद्यालयले भर्नाका लागि आवेदन खुल्ला गरेको छ । छात्रबृत्तिका लागि नगरपालिका आफैले सूचना प्रकाशित गरि आवेदन माग गरि चार जना विद्यार्थीलाई छात्रवृत्तिको लागि छनोट गरी पठाउने उहाँले जानकारी दिनुभयो ।
Featured Posts – Style 1
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
2026-08-28 Comments Off on भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।भक्तपुर, १२...














