भक्तपुरका १ सय ८४ जना संक्रमित, ६९ जना भए निको, सूचना व्यवस्थापन केन्द्र सञ्चालनमा 

भक्तपुरका १ सय ८४ जना संक्रमित, ६९ जना भए निको, सूचना व्यवस्थापन केन्द्र सञ्चालनमा 

भक्तपुर, भाद्र ५ गते४ गते
भक्तपुर जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ८४ पुगेको छ । संक्रमितहरुको सूचना सही तरीकाले व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुर परिसरमा कोभिड सूचना व्यवस्थापन केन्द्र सञ्चालन गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले सञ्चालनमा ल्याएको सो केन्द्र कोभिड १९ सम्बन्धि जिल्लाको सम्पूर्ण सूचना व्यवस्थापन गर्ने उद्देश्याका साथ सञ्चालनमा ल्याएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित तथा दैनिक पत्रकार सम्मेलन मार्फत कोभिड १९ संक्रमण बारे जानकारी दिइ रहँदा पनि भक्तपुरका संक्रिमतहरुको स्थान, अवस्था र सुरक्षा बारे बेलैमा सूचना तथा तयारी नपुगेको जनगुनासो आएपछि भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको निर्देशनमा सो केन्द्र स्थापना गरिएको हो । सो केन्द्रबाट कोभिड १९ संक्रमणको अवस्था र संक्रमितहरुको व्यवस्थापन बारे सूचना समेत दिने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका वरिष्ठ जिल्ला जनस्वास्थ्य अधिकृत कृष्ण मिजारले जनाएको छ । मिजारका अनुसार जिल्लामा १ सय ८४जना कोरोना संक्रमित रहेका छन् । त्यस मध्ये ६९ जना निको भएका छन् । संक्रिमतहरु अधिकांस काठमाण्डौ उपत्यकाका विभिन्न अस्पतालहरुको आइसोलेशनमा रहेका छन् भने कतिपय संक्रमितहरु आफ्नै घरको आइसोलेशनमा रहेको उहाँले जनाएको छ ।