२०७६ साल चैत २४ गते, सोमबार
ललितपुर । मेलम्चीको पानी पहिलो चरणमै भक्तपुर पठाउने भएको छ ।
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सोमबार बसेको बैठकले कार्य योजना संशोधन गरी पहिलो चरणमै भक्तपुर र किर्तिपुरमा मेलम्चीको पानी पठाउने सहमति गरेको हो ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख मिलन शाक्यले मेलम्चीको पानी पहिलो चरणमा काठमाडौं र ललितपुरमा मात्रै पठाउने कार्ययोजना पेश गरेपछि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र किर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले गम्भीर आपत्ति प्रकट गर्दै कार्ययोजना संशोधन गर्न जोड दिनुभएको थियो ।
नगर प्रमुख प्रजापतिले नेपाल सरकार आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले नगरपालिकासित आवश्यक समन्वय विना ठाउँ ठाउँमा पाइप बिछ्याउने, खोला किनारमा पर्खाल निर्माण गर्ने र संरचनाहरु निर्माण गर्ने गरेकोतर्फ बोर्डको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले खानेपानी, शिक्षा र स्वास्थ्यजस्ता आधारभत आवश्यकताका विषयहरु सरकारकै जिम्मेवारी हुनुपर्छ भन्नुहुँदै प्रजग कोरिया कोरोनामुक्त देश हुनु, चीनले कोरोना छिटै नियन्त्रणमा लिन सक्नु र क्युवाले विभिन्न देशमा चिकित्सकहरु पठाएर सहयोग गर्न सक्नु समाजवादकै कारण सम्भव भएको हो भन्नुभयो ।
बोर्डकै एक सदस्यले खानेपानी व्यवस्थापनमा निजी क्षेत्रलाई क्रमशः बढी जिम्मेवारी दिंदै जानुपर्ने बताएपछि प्रमुख प्रजापतिले त्यसको प्रतिवादमा निजी क्षेत्रलाई अस्पताल खोल्न दिंदै अहिले जनतालाई आपत पर्दा बन्द गरेको र अमेरिका, इटाली, स्पेनजस्ता देशहरुमा आजको स्थिति देखा परेको उल्लेख गर्नुहुँदै यसले पुँजीवाद व्यापक जनताको हितमा नभएको संसारले बुझ्ने अवसर पाएको बताउनुभयो ।
हाल काठमाडौं उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग भएपछि औसत १२ करोड लिटरमात्रै आपूर्ति भइरहेको केयुकेएल प्रमुख शाक्यले जानकारी दिनुभयो ।
मेलम्चीको पानी २०७७ असार महिनासम्ममा उपत्यकामा झार्ने नेपाल सरकारको तयारी छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी प्राप्त हुनेछ — शाक्यले बतानुभयो ।
बैठकले काठमाडौं उपत्यका खानेपानी बोर्डका निर्देशक डा. सन्जिब विक्रम राणालाई बढीमा तीन महिनाको म्याद थप गर्ने पनि निर्णय ग¥यो । राणाको म्याद २०७६ चैत्र २८ गते सकिंदैछ ।
बैठक बोर्डका अध्यक्ष तेजराज भट्टको अध्यक्षतामा बसेको थियो ।
Featured Posts – Style 1
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
2026-09-04 Comments Off on कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान भक्तपुर । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीका कारण दिवङ्गत भएका नागरिकहरूको...
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
2026-09-04 Comments Off on दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन प्रेमचन्द्र झाभदौ १९ गते रौतहट ।...
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...














