२०७६ साल चैत २४ गते, सोमबार
ललितपुर । मेलम्चीको पानी पहिलो चरणमै भक्तपुर पठाउने भएको छ ।
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सोमबार बसेको बैठकले कार्य योजना संशोधन गरी पहिलो चरणमै भक्तपुर र किर्तिपुरमा मेलम्चीको पानी पठाउने सहमति गरेको हो ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख मिलन शाक्यले मेलम्चीको पानी पहिलो चरणमा काठमाडौं र ललितपुरमा मात्रै पठाउने कार्ययोजना पेश गरेपछि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र किर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले गम्भीर आपत्ति प्रकट गर्दै कार्ययोजना संशोधन गर्न जोड दिनुभएको थियो ।
नगर प्रमुख प्रजापतिले नेपाल सरकार आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले नगरपालिकासित आवश्यक समन्वय विना ठाउँ ठाउँमा पाइप बिछ्याउने, खोला किनारमा पर्खाल निर्माण गर्ने र संरचनाहरु निर्माण गर्ने गरेकोतर्फ बोर्डको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले खानेपानी, शिक्षा र स्वास्थ्यजस्ता आधारभत आवश्यकताका विषयहरु सरकारकै जिम्मेवारी हुनुपर्छ भन्नुहुँदै प्रजग कोरिया कोरोनामुक्त देश हुनु, चीनले कोरोना छिटै नियन्त्रणमा लिन सक्नु र क्युवाले विभिन्न देशमा चिकित्सकहरु पठाएर सहयोग गर्न सक्नु समाजवादकै कारण सम्भव भएको हो भन्नुभयो ।
बोर्डकै एक सदस्यले खानेपानी व्यवस्थापनमा निजी क्षेत्रलाई क्रमशः बढी जिम्मेवारी दिंदै जानुपर्ने बताएपछि प्रमुख प्रजापतिले त्यसको प्रतिवादमा निजी क्षेत्रलाई अस्पताल खोल्न दिंदै अहिले जनतालाई आपत पर्दा बन्द गरेको र अमेरिका, इटाली, स्पेनजस्ता देशहरुमा आजको स्थिति देखा परेको उल्लेख गर्नुहुँदै यसले पुँजीवाद व्यापक जनताको हितमा नभएको संसारले बुझ्ने अवसर पाएको बताउनुभयो ।
हाल काठमाडौं उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग भएपछि औसत १२ करोड लिटरमात्रै आपूर्ति भइरहेको केयुकेएल प्रमुख शाक्यले जानकारी दिनुभयो ।
मेलम्चीको पानी २०७७ असार महिनासम्ममा उपत्यकामा झार्ने नेपाल सरकारको तयारी छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी प्राप्त हुनेछ — शाक्यले बतानुभयो ।
बैठकले काठमाडौं उपत्यका खानेपानी बोर्डका निर्देशक डा. सन्जिब विक्रम राणालाई बढीमा तीन महिनाको म्याद थप गर्ने पनि निर्णय ग¥यो । राणाको म्याद २०७६ चैत्र २८ गते सकिंदैछ ।
बैठक बोर्डका अध्यक्ष तेजराज भट्टको अध्यक्षतामा बसेको थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
2026-10-22 Comments Off on बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने भक्तपुर, २०८३ कार्तिक ४ पीखुक्वगु नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको आयोजनामा वृहत् प्रचारप्रसार...
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...











