माघ दोस्रो हप्तादेखि ६० वर्ष माथिका उमेर समूहलाई कोरोना खोपको बुस्टर दिइनेस्वास्थ्यमन्त्री खतिवडाको भनाइ।

माघ दोस्रो हप्तादेखि ६० वर्ष माथिका उमेर समूहलाई कोरोना खोपको बुस्टर दिइनेस्वास्थ्यमन्त्री खतिवडाको भनाइ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले माघको दोस्रो हप्ताबाट ६० वर्ष माथिका उमेर समूहलाई कोरोना खोपको बुस्टर लगाइने बताउनुभएको छ । स्वास्थ्य मन्त्री खतिवडाले कोरोनाको तेस्रो चरणको लहरबाट बच्न सावधानी अपनाउन आग्रह पनि गर्नुभयो । सङ्क्रमणलाई कम गर्न सबैले अनिवार्य मास्कको प्रयोग गर्ने र स्यानिटाइजर अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने कुरामा उहाँको जोड थियो ।
आज कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउन पनि आग्रह गर्नुभयो । मन्त्री खतिवडाले विज्ञहरूले बुस्टर लगाएपछि तेस्रो चरणको लहरबाट बच्न सहज हुने सिफारिस गरेकाले सरकारले बुस्टर लगाउने तयारी गरेको बताउनुभयो । मन्त्री खतिवडाले स्वास्थ्य केन्द्र जानका लागि सहज बनाउन सरकारले विद्यालयलाई नै खोप केन्द्र बनाएको उल्लेख गर्दै नजिकको खोप केन्द्रमा गएर खोप लगाउन पनि आग्रह गर्नुभएको छ । उहाँले यसअघि अन्य देशहरूको कुरा सुनेर लकडाउन गरे पनि अब आवश्यक ठाउँ हेरेरमात्रै लकडाउन गरिने बताउनुभयो ।