उपत्यका स्वतन्त्र पत्रकार संघ गठन
भक्तपुर, असार १५ गते
स्वतन्त्र पत्रकार संघले आज काठमाण्डौं उपत्यका समिति गठन गरेको छ । राष्ट्यि धान दिवसको अवसरमा आज भक्तपुरमा आयोजना गरेको दही च्यूरा कार्यक्रम आयोजना गर्दै ७ सदस्यीय उपत्यका स्वतन्त्र पत्रकार संघ गठन गरेको भक्तपुर जिल्ला संघका अध्यक्ष इन्दुल केसीले बताउनु भयो ।
संघका संरक्षक अध्यक्ष रामकृष्ण कर्माचार्यको सहभागितामा भएको सो अवसरमा काठमाण्डौ, भक्तपुर र ललितपुरका अध्यक्ष र सचिव तथा केन्द्रको तर्फबाट लक्ष्मि श्रेष्ठ सहितको सात सदस्यीय उपत्यका स्वतन्त्र पत्रकार संघ गठन गरेको हो । सो अवसरमा भक्तपुर जिल्ला अध्यक्ष केसीले असार १५को राष्ट्यि धान दिवसको अवसरमा दिवस श्रीर्षकको कविता वाचन गरेका थिए ।

उपत्यकास्तरीय पत्रकारहरुको भेलाका सहभागीहरुले पत्रकारहरुले पक्षविपक्षमा नभई स्वतन्त्र रुपमा कलम चलाउनुपर्नेमा जोड दिए । वरिष्ठ पत्रकार रामकृष्ण कर्माचार्य पत्रकारहरुले स्वतन्त्र रुपमा कलम चलाउनुपर्ने बताए । काँंग्रेसको पत्रकार, कम्युनिष्टको पत्रकार नभई सही कुरा लेख्ने स्वतन्त्र पत्रकार हुनुपर्नेमा उनले जोड दिए । स्वतन्त्र पत्रकार संघ केन्द्रका वरिष्ठ उपाध्यक्ष केवी सम्राट पत्रकार भन्नु नै स्वतन्त्र, स्वतन्त्र भन्नु नै स्वतन्त्र पत्रकार भएको बताए । आयोजक संघका भक्तपुर अध्यक्ष डा इन्दुल केसी, सचिव रेणु त्वानाबासुलगायतले जथाभावी लेख्ने पत्रकारका कारण पनि देश विग्रेको भन्दै स्वतन्त्र पत्रकारितामा जोड दिए ।













