भक्तपुरमा निर्वाचनको तयारीः मतदान केन्द्रहरु सुरक्षित छन्, जिल्ला निर्वाचन अधिकारी प्रकाश मगर ।
भक्तपुर, माघ २५ गते
जिल्ला निर्वाचन कार्यालय भक्तपुरले आसन्न प्रतिनिधी सभाको निर्वाचन शान्ति पूर्ण र भय रहित तरिकाले सम्पन्न गर्न आवश्यक तयारी तिब्र पारिएको जनाएको छ । स्वतन्त्र पत्रकार संघ भक्तपुरका पत्रकारहरुसँग साक्षात्कार गर्दै जिल्ला निर्वाचन अधिकृत प्रकाश मगरले हेरक दिन निर्वाचनको तयारी तिब्र पारिएको जनाएको छ । भक्तपुरका दुई निर्वाचन क्षेत्रका मुख्य निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं.१ र निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं.२ को कार्यालय स्थापनापछि थप निर्वाचनको तयारी ब्यवस्थित गरेको उहाँले बताए । फागुण २१ गतेको निर्वाचनकालागि भक्तपुर निर्वाचन क्षेत्र नं. १ मा २५ जना र क्षेत्र नं.२ बाट ३२ जना उम्मेदवार निर्वाचनमा होमिएको उल्लेख गर्दै जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जिल्लाका निर्वाचन क्षेत्रहरुको स्थलगत निरिक्षण गर्दै प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा आवश्यक सुरक्षा व्यवस्थाको तयारी भइरहेको चर्चा गर्दै मतदाता शिक्षाका लागि नमूना मत पत्रहरु प्नि आइपुगेकाले मतदाता शिक्षा दिने कार्यहरु पनि भइरहेको जनाएको छ । यसै बीच निर्वाचन केन्द्रहरुकालागि चाहिने आवश्यक मतपेटिका, आवश्यक कागजातहरुको व्यवस्थापन भइसकेको उल्लेख गर्दै उहाँले पूर्णरुपमा निर्वाचन आँचारसँहिता परिपालन गरी निर्वाचनलाई व्यवस्थित रुपले सम्पन्न गर्न आग्रह गर्नु भयो ।
प्रति एक हजार मतदाताकालागि एउटा मतदान केन्द्र स्थापना गरी निर्वाचन क्षेत्र र केन्द्रलाई सुरक्षित, संवेदनशील र उच्च जोखिम क्षेत्र पहिचान गरी सुरक्षाको दृष्टिले पनि सुरक्षित रहेको उहाँले बताए ।
भक्तपुर निर्वाचन क्षेत्र १मा १ लाख ७ सात हजार ५४ जना मतदाताहरुको मतदानकालागि ३७ मतदान स्थलमा ११९ मतदान केन्द्र र निर्वाचन क्षेन नं.२मा ९८ हजार ३ सय ५६ मतदाताहरुकालागि ३९ मतदान स्थलहरुमा ११४ मतदान केन्द्रहरु स्थपना गर्न आवश्यक जनशक्तिहरु पनि परिचान भएको उहाँले बताए ।
Featured Posts – Style 1
भक्तपुर बचतले गरे लोपोन्मुख नौ बाजाको लोकार्पण
2026-09-24 Comments Off on भक्तपुर बचतले गरे लोपोन्मुख नौ बाजाको लोकार्पण
भक्तपुर बचतले गरे लोपोन्मुख नौ बाजाको लोकार्पणभक्तपुर, ८ असोजभक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सांस्कृतिक उपसमितिको आयोजनामा १० महिने...
भक्तपुरमा फैसला कार्यान्वयनतर्फका ६ जना फरार अभियुक्त पक्राउ
2026-09-24 Comments Off on भक्तपुरमा फैसला कार्यान्वयनतर्फका ६ जना फरार अभियुक्त पक्राउ
भक्तपुरमा फैसला कार्यान्वयनतर्फका ६ जना फरार अभियुक्त पक्राउ भक्तपुर, ८ असोज। जिल्ला अदालत भक्तपुरबाट फैसला भई सजाय भुक्तान गर्न बाँकी...
‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
2026-09-24 Comments Off on ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’ प्रिय छोरा, जन्मदिनको आशीर्वाद आज तिम्रो जन्मदिनमा तिमीलाई शुभकामना दिँदै गर्दा म...
श्री बागोहिणी माध्यमिक विद्यालयमा सामाजिक परीक्षण तथा विविध कार्यक्रम सम्पन्न
2026-09-23 Comments Off on श्री बागोहिणी माध्यमिक विद्यालयमा सामाजिक परीक्षण तथा विविध कार्यक्रम सम्पन्न
श्री बागोहिणी माध्यमिक विद्यालयमा सामाजिक परीक्षण तथा विविध कार्यक्रम सम्पन्नभक्तपुर। चाँगुनारायण नगरपालिका वडा नं. ७ मा अवस्थित श्री बागोहिणी माध्यमिक...
प्रकृतिको खुला क्यान्भासमा ४०० वर्ष पुरानो इतिहासताथलीका चट्टान अभिलेख संरक्षणमा जुटे अभियान्ता प्रेमध्वज
2026-09-23 Comments Off on प्रकृतिको खुला क्यान्भासमा ४०० वर्ष पुरानो इतिहासताथलीका चट्टान अभिलेख संरक्षणमा जुटे अभियान्ता प्रेमध्वज
प्रकृतिको खुला क्यान्भासमा ४०० वर्ष पुरानो इतिहासताथलीका चट्टान अभिलेख संरक्षणमा जुटे अभियान्ता प्रेमध्वज बृहत् वृक्षारोपण एवं विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रमचाँगुनारायण-९,...












