भक्तपुर, चैत्र २०गते
ब्लड डोनर्स एशोसियशन नेपालले लक डाउनको समयमा पनि घरडैलो रगत संकलन कार्य जारी राखेको छ । उपचारमा रहेका विरामीहरुलाई अतिआवश्यक रगत जोह गर्न काठमाण्डौ उपत्यकाका विभिन्न क्षेत्रमा पुगेर खुल्ला रक्तदान कार्यक्रम गरी एशोसियसनले रगत संकलन अभियान सञ्चालन गरिरहेको हो । बुधबार मध्यपुर थिमीमा १९ यूनिट रगत संकलन गरेको एशोसियशनले आज भक्तपुरको भौखेलमा २४, ब्यासीमा २२ र काठमाण्डौको डल्लुमा ३१ यूनिट गरी ७७ यूनिट रगत संकलन गरेको छ । रक्त सञ्चार सेवा केन्द्र भक्तपुरको प्राविधिक सहयोगमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरी रगत संकलन अभियान सञ्चालन भएको हो ।
अस्पतालमा उपचारत विरामीहरुका लागि दैनिक सय देखि १२५ यूनिट रगत माग भइरहेको भन्दै केन्द्रका प्राविधिक दामोदर मुनकर्मीले ब्लड डोनर्स एशोसियशनको रगत संकलन अभियानले लकडाउनको समयमा पनि आवश्यक रगत ब्यवस्थापन गर्न सजिलो भइरहेको बताएको छ । कोरना भाइरसको विश्वव्यापी संक्रमणको जोखिमलाई ख्याल गर्दै समाजिक दुरी कायम गरी तथा आवश्यक सुरक्षा व्यवस्थाका साथ लक डाउनको समयमा पनि रगत संकलन भइरहेको हो । यो बेला रगतदान गरी मानविय सहयोग गर्न चाहने महानुभावहरुले रक्त सञ्चार सेवा केन्द्र भक्तपुरमा सम्पर्क राख्न पनि अनुरोध गरेको छ ।
Featured Posts – Style 1
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
2026-08-28 Comments Off on भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।भक्तपुर, १२...













