४५ औ तःमुज्याको तयारी बारे पत्रकार भेटघाट
भक्तपुर, असोज ७ गते
४५ औं नेपाल भाषा साहित्य तःमुज्याले आज पत्रकार भेटघाट गर्दै अहिलेसम्मको तयारी बारे जानकारी गराएको छ । यही असोज १८ र १९ गते नःपुखु भक्तपुरमा आयोजना हुने तःमुज्याले ”जनता बाचे, भाषा बाच्छ” भन्ने मूल नाराका साथ भक्तपुर नगरका विभिन्न क्षेत्रमा तःमुज्या प्रस्तुत हुँदै आएको छ । हरेक वर्ष दशै पर्वको द्वादर्शी र त्रयोदर्शीका दुई दिनसम्म तःमुज्या प्रस्तुत गर्दै आएको भन्दै ४५ औं तःमुज्याको सृखला नःपुखु परिसरमा गर्ने गरी तिब्र तयारी भइरहेको ४५ औं नेपाल भाषा साहित्य तःमुज्याका अध्यक्ष रविन्द्र खर्वुजाले जनाएको छ । यस पालिको तःमुज्या सञ्चार मैत्री बनाउन सञ्चारकर्मीहरुसँग भेटघाट गरेको तथा पूर्ण तयारी पश्चात पत्रकार सम्मेलन गरी थप जानकारी दिने अध्यक्ष खर्वुजाले बताए भने ४५ औं तःमुज्याका सचिव राजन जातिले अहिलेसम्मको तयारी बारे जानकारी दिन्दै तःमुज्यामा शिक्षा, स्वास्थ्य, समाजशास्त्री, सिमाविद्, राजनीतिज्ञ, शिक्षा विद् सहित विभिन्न क्षेत्रका विषय विज्ञहरु तथा साहित्यकारहरुको आतिथ्यताकालागि अहिले निम्तो दिने कार्य भइरहेको भन्दै उहाँले वरिष्ठ साहित्यकार देखि स्थानीय साहित्यकारहरुको सहभागिता र रचना छनौट तथा नाटक र साँस्कृतिक कार्यक्रमहरु मूल्यांकन एवं छनौट गर्ने कार्य भइरहेको समेत जनाएको छ । ४५ औं तःमुज्या प्रचार प्रसारका संयोजक राजकुमार लघुले तःमुज्याको तयारी बारे जानकारी दिन पत्रकार भेटघाट भएको भन्दै नेपाल भाषा मात्र होइन सबै भाषा भाषिकालागि तःमुज्या उदाहरणीय कार्यक्रम भएकाले यसको प्रचार प्रचारकालागि पत्रकारहरु माझ अनुरोध गरेका थिए । सहभागि पत्रकारहरुले तःमुज्या आयोजनाका राम्रा पक्ष र कमिकमजोरीहरु बारे समीक्षा गर्दै पत्रकार मैत्री तःमुज्या बनाउन विभिन्न सुझाव दिएका थिए ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेंको प्रमुख आतिथ्यतामा ४५ औं नेपाल भाषा साहित्य तःमुज्या आयोजनाको तयारी भइरहेको उल्लेख गर्दै अध्यक्ष खर्वुजाले यस पालिको तःमुज्या भव्यरुपमा आयोजना गर्न पत्रकारिता क्षेत्रबाट पनि रचनात्मक सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
तःमुज्या हुने नःपुखु परिसर अस्पताल परिसरमै रहेकाले राती अबेरसम्म साँस्कृतिक कार्यक्रम गर्न नसकिने भन्दै विहान ११ बजेबाटै सुरु गर्ने तयारी भइरहेको आयोजक समितिले जनाएको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...














