प्रगति पुस्तकालय र प्रगति सामुदायिक सिकाई केन्द्रको संयुक्त आयोजनामा भक्तपुर नगरव्यापी आधारभूत तह र माध्यमिक तहको कविता प्रतियोगिता तथा पुरस्कार वितरण शनिबार सम्पन्न भयो। कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले हाम्रा साहित्यहरु व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश समाजको सेवाका निम्ति हुनुपर्ने बताउँदै प्रगतिशील साहित्यले मात्रै जनताको सेवा गर्नसक्ने स्पष्ट पार्नुभयो । विश्व साहित्यमा चिनियाँ साहित्यकार लुसुनको योगदानबारे चर्चा गर्दै नयाँ पुस्ताले लेखेको साहित्य तत्कालीन समयको अवस्था र समस्या समाधानको बाटोतिर उन्मुख हुनुपर्ने बताउनुभयो । कार्यक्रममा निर्णायकहरू ज्ञानसागर प्रजापति, हरिहर तिमिल्सिना र रूपकेशरी उलकले प्रतियोगीहरुलाई उत्साहित गर्दै विभिन्न साहित्य वाचन पनि गर्नुभयो । आधारभूत तहबाट २९ जना प्रतियोगीमध्ये वागीश्वरी मा.वि. का सृजन दुवाल प्रथम, महेन्द्र विद्याश्रमकी आवृत्ति अधिकारी द्वितिय, ख्वाप्रिङ इ. एकेडेमीका जिनियस सुवाल तृतीय, एभरेष्ट इ. स्कूलका सिरिना दाहाल सान्त्वना तथा माध्यामिक तहबाट २४ जना प्रतियोगीमध्ये बागीश्वरी मा. वि. का मनिषा थापा प्रथम,सैनिक आवासीय महाविद्यालयका सिल्भिया प्रजापति द्वितीय,सरस्वती विद्यागृहका नरेश तिवारी तृतीय,बासु मा.वि. स्वरूपा अर्याल सान्त्वना भएका थिए। उत्कृष्ट प्रतियोगीहरूलाई मेडल, पुरस्कार,प्रमाणपत्र तथा नगद प्रमुख अतिथिद्वारा वितरण गरिएको थियो ।
प्रगति पुस्तकालय र प्रगति सामुदायिक सिकाई केन्द्रको संयुक्त आयोजनामा ११७ औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीको अवसरमा भक्तपुर नगरव्यापी आधारभूत तह र माध्यमिक तहको कविता प्रतियोगिता तथा पुरस्कार वितरण शनिबार सम्पन्न भयो। कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले हाम्रा साहित्यहरु व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश समाजको सेवाका निम्ति हुनुपर्ने बताउँदै प्रगतिशील साहित्यले मात्रै जनताको सेवा गर्नसक्ने स्पष्ट पार्नुभयो । विश्व साहित्यमा चिनियाँ साहित्यकार लुसुनको योगदानबारे चर्चा गर्दै नयाँ पुस्ताले लेखेको साहित्य तत्कालीन समयको अवस्था र समस्या समाधानको बाटोतिर उन्मुख हुनुपर्ने बताउनुभयो । कार्यक्रममा निर्णायकहरू ज्ञानसागर प्रजापति, हरिहर तिमिल्सिना र रूपकेशरी उलकले प्रतियोगीहरुलाई उत्साहित गर्दै विभिन्न साहित्य वाचन पनि गर्नुभयो । आधारभूत तहबाट २९ जना प्रतियोगीमध्ये वागीश्वरी मा.वि. का सृजन दुवाल प्रथम, महेन्द्र विद्याश्रमकी आवृत्ति अधिकारी द्वितिय, ख्वाप्रिङ इ. एकेडेमीका जिनियस सुवाल तृतीय, एभरेष्ट इ. स्कूलका सिरिना दाहाल सान्त्वना तथा माध्यामिक तहबाट २४ जना प्रतियोगीमध्ये बागीश्वरी मा. वि. का मनिषा थापा प्रथम,सैनिक आवासीय महाविद्यालयका सिल्भिया प्रजापति द्वितीय,सरस्वती विद्यागृहका नरेश तिवारी तृतीय,बासु मा.वि. स्वरूपा अर्याल सान्त्वना भएका थिए। उत्कृष्ट प्रतियोगीहरूलाई मेडल, पुरस्कार,प्रमाणपत्र तथा नगद प्रमुख अतिथिद्वारा वितरण गरिएको थियो ।













