भक्तपुर, चैत्र ३० गते
भक्तपुर अस्पतालमा दु्रतत्तर प्रबिधिबाट कोरना भाइरसको परीक्षण सुरु गरेको छ । परीक्षणको पहिलो दिनमा १६ जनाको नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख कृष्ण मिजारले जनाएको छ । भक्तपुरका १ सय ७१ जनाको स्वाब परीक्षण गर्नेक्रममा १२८ जनाको परीक्षण नेगेटिभ आएको छ भने अन्य ४३ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । ११२ जनाको टेकुस्थित जनस्वास्थ्य अस्पतालमा परीक्षण गरिएको थियो । भक्तपुर अस्पतालमा ६ जना विरामीहरु अहिले आसोलेशन कक्षमा उपचारत रहेका छन् । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार चैत्र महिनाभर विदेशबाट भक्तपुर आउने २१५ जनाको पहिचान भएको छ । तिनीहरुको स्वाब संकलन र स्वास्थ्य परीक्षण तथा निगरामी जारी रहेको उहाँले बताउनु भयो ।
भक्तपुरका ४ वटा अस्पतालहरुको आज निरिक्षण पनि गरिएको छ । भक्तपुर अस्पताल, सिद्धिस्मृती महिला तथा बाल अस्पताल, डा. इबामुरा मेमोरियल अस्पताल र केएमसी अस्पतालको निरीक्षण गरिएको जनस्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । निरिक्षणकोक्रममा आजबाट भक्तपुर अस्पतालबाट कोरनाको परीक्षण सुरु गरिएको जानकारी दिन्दै जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले सिद्धिस्मृति अस्पताल प्रशुति र बाल बालबालिकाहरुको उपचार गर्न उपर्युक्त रहेको, इवामुरा अस्पतालमा कोरना भाइरसको उपचारको लागि थप केही वेडहरु ब्यवस्थापन गर्न सकिने देखिएको र केएमसी अस्पतालमा भने १सय ३२ वटा बेड सहित ब्यवस्थित रहेको बताउनु भयो । सो अस्पतालमा पनि संभावित कोरनाका विरामीहरुलाई उपचार गर्ने हव बनाउन सकिने देखिएको उहाँले बताएका छन् । भक्तपुर अस्पतालमा बनाएको आइसोलेशन कक्ष प्लास्तिकले बेरेर थप ब्यवस्थित पारिएको उल्लेख गर्दै समग्रमा भक्तपुर जिल्लामा ९८ वटा आसोलेशन कक्ष तयारी अवस्थामा रहेको कार्यालय प्रमुख मिजारले बताएका छन् । भक्तपुरमै संभावित कोरनाका विरामीहरुको स्बाव परीक्षणको लागि २ सय वट किट आएका मध्ये एक सय वटा भक्तपुर अस्पतालमा पठाएको र पहिलो दिनमै सो अस्पतालले १६ जनाको परीक्षण् सम्पन्न गरेको उहाँले बताए । परीक्षण गरिएका सबै जनाको कोरना नभएको वा नेगेटिभ आएको उहाँले बताएका हुन् भने संभावित विरामीहरुको दु्रतत्तर गतिमा भक्तपुर अस्पतालबाटै एकद्धार प्रणालीबाट परीक्षण कार्य बढाउने उहाँले जनाएका हुन ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
नवदुर्गा देवगण जात्रा तथा गुठी व्यवस्थापन संस्थालाई एक लाख रुपैयाँसहित सम्मान
2026-10-25 Comments Off on नवदुर्गा देवगण जात्रा तथा गुठी व्यवस्थापन संस्थालाई एक लाख रुपैयाँसहित सम्मान
नवदुर्गा देवगण जात्रा तथा गुठी व्यवस्थापन संस्थालाई एक लाख रुपैयाँसहित सम्मानभक्तपुर — बागमती प्रदेश सरकारले भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्त्व...
भक्तपुरमा पत्रकारमाथि दुर्व्यवहार, दोषीमाथि कारबाही गर्न पत्रकार संगठनको माग
2026-10-25 Comments Off on भक्तपुरमा पत्रकारमाथि दुर्व्यवहार, दोषीमाथि कारबाही गर्न पत्रकार संगठनको माग
भक्तपुरमा पत्रकारमाथि दुर्व्यवहार, दोषीमाथि कारबाही गर्न पत्रकार संगठनको मागभक्तपुर । भक्तपुरमा समाचार संकलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार भएको भन्दै तीन पत्रकार...
व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित
2026-10-25 Comments Off on व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित
व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित भक्तपुर । भक्तपुरमा शुक्रबारदेखि सुरु भएको ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या...
दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु
2026-10-25 Comments Off on दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु
दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु भक्तपुर । भक्तपुरमा शुक्रबारदेखि दुई दिने ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या (बृहत साहित्य सम्मेलन)...
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
2026-10-23 Comments Off on हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली भक्तपुर, कार्तिक ५ गते, विहीबार । जनता म्वाःसा भाषा म्वाइ अर्थात जनता बाँचे...













