भक्तपुर, चैत्र ३० गते
भक्तपुर अस्पतालमा दु्रतत्तर प्रबिधिबाट कोरना भाइरसको परीक्षण सुरु गरेको छ । परीक्षणको पहिलो दिनमा १६ जनाको नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख कृष्ण मिजारले जनाएको छ । भक्तपुरका १ सय ७१ जनाको स्वाब परीक्षण गर्नेक्रममा १२८ जनाको परीक्षण नेगेटिभ आएको छ भने अन्य ४३ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । ११२ जनाको टेकुस्थित जनस्वास्थ्य अस्पतालमा परीक्षण गरिएको थियो । भक्तपुर अस्पतालमा ६ जना विरामीहरु अहिले आसोलेशन कक्षमा उपचारत रहेका छन् । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार चैत्र महिनाभर विदेशबाट भक्तपुर आउने २१५ जनाको पहिचान भएको छ । तिनीहरुको स्वाब संकलन र स्वास्थ्य परीक्षण तथा निगरामी जारी रहेको उहाँले बताउनु भयो ।
भक्तपुरका ४ वटा अस्पतालहरुको आज निरिक्षण पनि गरिएको छ । भक्तपुर अस्पताल, सिद्धिस्मृती महिला तथा बाल अस्पताल, डा. इबामुरा मेमोरियल अस्पताल र केएमसी अस्पतालको निरीक्षण गरिएको जनस्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । निरिक्षणकोक्रममा आजबाट भक्तपुर अस्पतालबाट कोरनाको परीक्षण सुरु गरिएको जानकारी दिन्दै जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले सिद्धिस्मृति अस्पताल प्रशुति र बाल बालबालिकाहरुको उपचार गर्न उपर्युक्त रहेको, इवामुरा अस्पतालमा कोरना भाइरसको उपचारको लागि थप केही वेडहरु ब्यवस्थापन गर्न सकिने देखिएको र केएमसी अस्पतालमा भने १सय ३२ वटा बेड सहित ब्यवस्थित रहेको बताउनु भयो । सो अस्पतालमा पनि संभावित कोरनाका विरामीहरुलाई उपचार गर्ने हव बनाउन सकिने देखिएको उहाँले बताएका छन् । भक्तपुर अस्पतालमा बनाएको आइसोलेशन कक्ष प्लास्तिकले बेरेर थप ब्यवस्थित पारिएको उल्लेख गर्दै समग्रमा भक्तपुर जिल्लामा ९८ वटा आसोलेशन कक्ष तयारी अवस्थामा रहेको कार्यालय प्रमुख मिजारले बताएका छन् । भक्तपुरमै संभावित कोरनाका विरामीहरुको स्बाव परीक्षणको लागि २ सय वट किट आएका मध्ये एक सय वटा भक्तपुर अस्पतालमा पठाएको र पहिलो दिनमै सो अस्पतालले १६ जनाको परीक्षण् सम्पन्न गरेको उहाँले बताए । परीक्षण गरिएका सबै जनाको कोरना नभएको वा नेगेटिभ आएको उहाँले बताएका हुन् भने संभावित विरामीहरुको दु्रतत्तर गतिमा भक्तपुर अस्पतालबाटै एकद्धार प्रणालीबाट परीक्षण कार्य बढाउने उहाँले जनाएका हुन ।
Featured Posts – Style 1
एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप
2026-09-06 Comments Off on एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप
एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप भक्तपुर, भाद्र २१ गते, विद्यार्थीमा नेतृत्व क्षमता, अनुशासन, सहकार्य तथा सामाजिक सद्भावको विकास...
लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्न
2026-09-06 Comments Off on लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्न
लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्नलोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., को महिला उप–समितिको आयोजनामा भएको एक दिने...
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
2026-09-04 Comments Off on कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान भक्तपुर । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीका कारण दिवङ्गत भएका नागरिकहरूको...
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
2026-09-04 Comments Off on दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन प्रेमचन्द्र झाभदौ १९ गते रौतहट ।...
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...














