भक्तपुर, चैत्र १६ गते
चाँगुबस्ने चीनीमाया राईको स्वास्थ्य परीक्षणमा कोरना भाइरसको लक्षण देखिएपछि उनी सहित परिवारका तीन सदस्य प्रहरी नियन्त्रणमा परेका छन् । आइतबार दिउँसो प्राथमिक स्वास्थ्य केन्द चाँगुमा स्वास्थ्य जाँच गर्नेक्रममा राईसँग कोरना भाइरसको लक्षण देखिएको केन्द्रका मुख्य डाक्टर लोकेन्द्र पौड्यलले स्थानीय जनप्रतिनिधीलाई जानकारी दिएका थिए । वडाध्यक्ष बुद्धिलाल महर्जनले सो बारे स्थानीय प्रहरीलाई जानकारी दिएपछि जिल्ला प्रहरी परिसरबाट आएको टोलीले राई परिवारका तीनैजनालाई थप स्वास्थ्य परीक्षणका लागि आज साँझ लगिएको थियो । प्रहरीले राई परिवारलाई लगेपछि लक डाउनमा रहेका स्थानीय समुदायमा कोरनाको संत्रास बढाएको थियो ।
स्वास्थ्य परीक्षण पछि अलि कडा रुगाखोकी मात्रै भएको कोरना संक्रमण नभएको भनि राई परिवारलाई घर फर्काएको बडाध्यक्ष महर्जनले बताएको छ । बाहिरी जिल्लाबाट चाँगुनारायण नगरपालिका वडा नम्वर ४ बस्दै आएका राईलाई रुघाखोली लागेपछि उनका श्रीमान् अशोक राई र छोराको समेत स्वास्थ्य परीक्षण गराएको वडाध्यक्ष महर्जनले बताए । सो वडामा विदेशबाट फर्केका मानिस समेत रहेकाले कोरना भाइरस फैलिएको भनि समुदायमा चर्चा भइरहेको चाँगुनारायण मन्दिरका मुख्य पुजारी चक्रधरानन्द राजोपाध्यायले पनि जनसञ्चार खवरलाई जानकारी दिनु भयो । उहाँले के भयो ? यकिन थाहा नपाएको तर बाहिरबाट आएकालाई कोरना संक्रमण भएको भनि चाँगु क्षेत्रमा आज दिउँसो देखि हल्ला चल्न थालेको बताए । पुलिस आएर लगेपछि थप के भयो ? जानकारी नआएकाले केही भन्न सकिने अवस्था नभएको उहाँको भनाई छ । वडाध्यक्ष महर्जनको भनाइ अनुसार राई परिवार घर फर्किे सकेका छन् । अष्ट्लिियाबाट घर फर्केका व्यक्ति भने स्वयं क्वारेन्टाइनमा रहेको भन्दै उनी जनप्रतिनिधीको निगरानीमा सुरक्षित रहेको महर्जन बताउँछन् ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
नवदुर्गा देवगण जात्रा तथा गुठी व्यवस्थापन संस्थालाई एक लाख रुपैयाँसहित सम्मान
2026-10-25 Comments Off on नवदुर्गा देवगण जात्रा तथा गुठी व्यवस्थापन संस्थालाई एक लाख रुपैयाँसहित सम्मान
नवदुर्गा देवगण जात्रा तथा गुठी व्यवस्थापन संस्थालाई एक लाख रुपैयाँसहित सम्मानभक्तपुर — बागमती प्रदेश सरकारले भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्त्व...
भक्तपुरमा पत्रकारमाथि दुर्व्यवहार, दोषीमाथि कारबाही गर्न पत्रकार संगठनको माग
2026-10-25 Comments Off on भक्तपुरमा पत्रकारमाथि दुर्व्यवहार, दोषीमाथि कारबाही गर्न पत्रकार संगठनको माग
भक्तपुरमा पत्रकारमाथि दुर्व्यवहार, दोषीमाथि कारबाही गर्न पत्रकार संगठनको मागभक्तपुर । भक्तपुरमा समाचार संकलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार भएको भन्दै तीन पत्रकार...
व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित
2026-10-25 Comments Off on व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित
व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित भक्तपुर । भक्तपुरमा शुक्रबारदेखि सुरु भएको ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या...
दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु
2026-10-25 Comments Off on दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु
दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु भक्तपुर । भक्तपुरमा शुक्रबारदेखि दुई दिने ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या (बृहत साहित्य सम्मेलन)...
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
2026-10-23 Comments Off on हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली भक्तपुर, कार्तिक ५ गते, विहीबार । जनता म्वाःसा भाषा म्वाइ अर्थात जनता बाँचे...













