थप दुई सय ३८ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु ।

थप दुई सय ३८ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु ।
नेपालमा थप दुई सय ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ९ हजार १ सय २३ जनामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा १३० जनासहित २ सय ३८ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ९८, भक्तपुरमा ८ र ललितपुरमा २४ जना संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ४७७ पुगेको छ ।आज देशभर ६ हजार ६९६ जना होम आइसोलेसनमा, ४६८ जना संस्थागत आइसोलेसनमा, २२७ जना आईसीयू तथा ५१ जना भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ । २४ घण्टामा एक जनाको सङ्क्रमितको मृत्यु भएको छभने ३७० जना निको भएका छन् ।