क्वारेन्टाइन क्षेत्रमा कुप्रभाव, सचेतिकरणको अभाव, आज देखि घरदैलो सचेतीकरण हुने

भक्तपुर, फागुन ५ गते
सधै ब्यस्त रहने खारिपाटीको विद्युत तालिम केन्द्र परिसर आईतबार दिनभर सुनसान देखियो । चीनको कोरोना भाइरस प्रभाबित क्षेत्रबाट ल्याइएका १ सय ७५ जना नेपाली विद्यार्थीलाई आईतबार विहान देखि राख्न थालेपछि सो क्षेत्रका समुदायले पसलहरु बन्द गरी कतिपय समुदाय केही दिनका लागि बसाइ सरिगएकाले पनि सुनसान भएकोे स्थानीयले बताएका छन् । कयौं छिमेकीहरु घर छाडि अन्यत्र सरे पनि आफूहरु भने मनमा डर भए पनि निर्धक्कताका साथ बसिरहेकी भन्छिन् क्वारेन्टाइन क्षेत्रमा घासपात गर्दै रहेकी भवानी कार्की । अरुले माक्स लगाइ हिडे पनि उनले भने खास्तोले मुख छोप्दै पारिलो घाममा घास कात्दिै थिइन् आईतबार । स्थानीय समुदायले आन्दोलन गरी अस्पतालको माग गरेको तर सरकारले उपचारको व्यवस्था मात्र गर्ने भनिएकाले दुई चार दिनकोलागि मात्र भए डाक्टर नि चाहिदैन भनि भनेको भन्दै कार्कीले आफूहरुलाई स्वास्थ्य उपचार सेवा पाउन गाह्रो भएको भन्दै रातको दुईबजे हिडेर अस्पतालबाट मंसिरको जाडोमा घर फर्कन बाध्य रहेको सुनाईन । पशुपन्छिबाट पनि रोग सर्छ भनि सुनेका कार्कीले राति हिड्दा कुकुरले टोक्ला भनि धेरै डराएको यद्यपी कोरना प्रभावित क्षेत्रबाट ल्याएका विद्यार्थी आए पनि आफूलाई डर भने नलागेको छरछिमेकीलाई पनि घर छाडि नहिड्न भनि हिडेको बताउँछिन् ।


शकुन्तला श्रेष्ठको घर क्वारेन्टाइन राखेको ठाउँबाट सबैभन्दा नजिक छ उनको परिवार पनि सामान्य माक्स विना घरमै बसिरहेका छन् । छरछिमेकी मिलेर हप्तौसम्म बस्ति क्षेत्रमा क्वारेन्टाइन नराख्न भन्दै आदोलन गरे तर पनि आईतबार विहान सरकारले राख्न ल्यायो भन्दै उनी भन्छिन् आज विहान ५ः३० बजे देखि झ्यालबाट चियाएर नेपाली विद्यार्थीहरु ल्याएको हेरिरहेकी छु । आफै विरामी मान्छे दैनिक झै अस्पताल पुगिरेहेकाले क्वारेन्टाइन क्षेत्रको चहलपलले उनी झस्किरहेकीन्छिन् । त्यसैले उनी घरघरी छिमेकीले जस्तै घर छोडेर हिडौं जस्तो लाग्ने गरेको बताउँछिन । कोरना भाइरस के हो? कसरी यो भाइरस सर्छ?, सुरक्षित व्यवहार कसरी गर्नुपर्छ ? केही कसैले जानकारी समेत नगराई राख्न ल्यायो श्रेष्ठ भन्छिन् । आफै बिरामी भएर दिनहुँ अस्पताल जानुपर्ने मान्छेको घर अगाडी डाक्टर नर्स र बिरामी जस्तो सयौं मानिसहरुको चहल पहल देख्दा मनै देखि डर उठ्ने गरेको उनी बताउँछिन् । छरछिमेकीले घर छोडेर हिडेसँगै आफूलाई पनि घर छोडी जाउँ भने लाग्यो उनी भन्छिन तर उनका परिवार गंगाप्रसाद श्रेष्ठ र विदेशमा रहेका उनका छोराछोरीको सान्तोनाले नडराइ घरमै बसिरहेको उनले सुनाई ।

कोरना भाइरस के हो? कसरी सर्छ ? भने बारे थाहा नपाए पनि शकुन्तलालाई भने आफूलाई सर्यो भने त बुढी भइ सकेकाले केही चिन्ता नभएको तर आफ्ना सन्तानहरुलाई पनि सर्ला भने डर लिएर बसि रहेकी बताउँछिन् ।
नयाँ घरमा सरे लगतै श्रेष्ठको परिवारले कोरोना भाइरसको प्रभावको सामाना गर्नुपरेको भन्दै ८० वर्षका गंगाप्रसाद श्रेष्ठले यो भन्दा पहिलो पनि धेरै प्रकोपहरु झेलि सकेकाले आति हाल्न नपर्ने विचारमा छन् । छरछिमेकी भेटे जतिले सर्तकता दिइरहेको श्रेष्ठको भनाई छ । किनारा पसल, चिया पसल जहाँ गए पनि क्वारेन्टाइनइबाट टाढा बस्नु भनि सल्लाह दिने गरेको भए पनि जे पर्ला पर्ला भनि घरमै बसिरहेको उनको भनाई छ । सर्दैन भन्छन्, सर्दैनहोला सरे त सबैलाई सर्छनी, बीबीसी लगायत धेरै सञ्चारमाध्यमहरुले जानकारी लिने दिने घरमा आएका छन् । आज रेडियो जनसञ्चार पनि आएछन् । हामी धुक्क भएर बसि रहेका छौं । श्रेष्ठको भनाई छ । उहाँको घरको झ्याल र कौसीबाट क्वारेन्टाइन क्षेत्रका हरेक गतिविधि मजाले हेर्न सकिन्छ त्यसैले उहाँको घरमा आएर फोटो खिच्ने, मुभि खिच्ने, प्रतिकृयाहरु लिन आउनेको माहोल बढेको छ । बढी प्रभाव पर्न सक्ने क्षेत्रका समुदाय धुक्क भएर घरमै बसिरहेका छन् तर क्वारेन्टाइन भन्दा पर रहे पनि तालिम केन्द्र प्रवेश गर्ने गेट र आसपासका समुदायको चहल पहलमा कमि आउनु आश्चर्य लाग्ने गरेको उनीहरु बताउँछन् । देश विदेशमा हजारौको मृत्यु हुने गरी व्यापक रुपमा फैलिएको भयानक प्रकोपकोरुपमा चिनिएको कोरना भाइरस प्रभावित क्षेत्रबाट आफ्ना छोराछोरी जस्तै लाग्ने मानिसहरु उद्धार गरेर ल्याएको देख्दा खुसि पनि लाग्ने गरेको श्रेष्ठ दम्पितिको बुझाई छ ।
केही दिन अगाडी क्वारेन्टाइन बनाउने बेला बाटोमा हिडेका सुरक्षाकर्मीेले नडराउनु भनेकै भरमा निर्धक बसिरहेका यी श्रेष्ठ दम्पतिलाई कोरना भाइरस के हो ?र यस्को संक्रमणबाट कसरी सुरक्षित व्यबहार अपनाउर्नुपर्छ ?भन्ने सन्देश नपुगेकाले पनि सो क्षेत्रका समुदाय कोरोना भाइरसको सन्त्रास फैलिएको तिनीहरुको बुझाई छ । आफ्नै छोरा छोरी भाई बहिनी जस्तालाई राख्न ल्याएका छन् । तिनीहरुलाई के भन्नु र खै? उनीहरुको राम्रो स्वास्थ्यको ख्याल राखुन । तिनीहरुलाई जसरी हेरचाह गरेको छ । छरछिमेकीको स्वास्थ्यलाई पनि ख्याल गरी दिएको भए झन धुक्क भएर बस्न पाउने विश्वासमा छन् । क्वारेन्टाइन नजिकैको बस्ती भएकाले धरै सञ्चारकर्मीहरु आएर सोधखोज गर्न फोटो खिच्न आउने गरेको र आफूहरुको पनि आफ्नो स्वास्थ्यको ख्याल गरी दिन अनुरोध गर्दै आएको बताएका छन् ।


क्वारेन्टाइनमा नेपाली विद्यार्थीहरु राख्न थालेसँगै आईतबार विहान देखि विद्युत तालिम केन्द्र गेटसँगै हेल्प डेक्स राखेर कोराना भाइरस बारे जनचेतना तथा सचेतिकरण भने गर्न थालेको छ । स्वास्थ्य मन्त्रालय, रेडक्रस सोसाईटीको संयुक्त प्रयासले हेल्प डेक्स विहान १० देखि ५ बजेसम्मको लागि सञ्चालनमा ल्याएको रेडक्रस भक्तपुरका मछिन्द्र थापाले बताए । १४ दिनसम्म यसै गरी रहने उनको भनाई छ । कोरना भाइरसबाट सुरक्षित हुन आपनाउनुपर्ने सर्तकताहरुको जानकारी मुलक सन्देशका पर्चा, स्टिकर र माक्स लगायत सामग्रीको बितरणको व्यवस्था गरेको छ । बटुवाहरु माक्स माग्न आउने गरेको उनले बताए तर पर्याप्त माक्स नभएकाले बितरण गर्न सकि नरहेको थापाले बताए । बटुवाहरु क्वारेन्टाइनको अवस्थाबारे बुझ्न चाहन्छन् तर भित्र के भइरहेको छ । हेल्प डेक्समा रहेकाहरुलाई केही जानकारी नभएको उनीहरुको भनाई छ । सोमबारबाट भने घरदैलो पुगेर कोरना भाइरस बारे सचेतना दिने जाग्ने तयारीमा लागि रहेको रेडक्रस स्वास्थ्य विभागका रुपा भट्टले बताएकी छिन् ।


नेपाल सरकार स्वास्थ्य मन्त्रालय, जिल्ला स्वास्थ्य कार्यालय भक्तपुर र रेडक्रस सोसाईटी भक्तपुरको संयुक्त पहलमा हेल्प डेक्स स्थापना गरिएको हो भने पानी ट्याकीस्थित तालिम केन्द्रमा पनि चिकित्सक सहितको हेल्प डेक्स राखेको बताएको छ । आईबार मात्र ५० जना स्वयंसेवकहरुलाई कोरना भाइरस बारे अभिमुखीकरण कार्यक्रम आयोजना गरेको क्वारेन्टाइन व्यवस्थाक सागर दाहालले बताए । मानिसमा कोरना भाइरस बारे जानकारी नहुँदा स्थानीय समुदाय आतिएको उनको बुझाई छ ।
स्थानीय समुदाय भने जसरी प्रभावित क्षेत्रबाट ल्याइएका नेपालीलाई हेरचाह गरेको छ तीनीहरुलाई जस्तै छरछिमेकीको स्वास्थ्य जाँच गरिदिएको भए उनीहरु प्नि धुक्क भएर बस्न पाउनेमा ध्यान दिन आग्रह गर्दै आएका छन् । अहिलेसम्म केही जानकारी दिएको छैन् उनीहरुले भने (आईतबार साँझसम्म) ।
क्वारेन्टाइन सञ्चालन भएसँगै यस बारे जानकारीका लागि हेल्प डेक्स सञ्चालन भएको र यस बारे जनचेतना अभिवृद्धिको लागि टोल, टोल घर घर र विद्यालय, कलेजहरुमा समेत अभिमृखिकरण गर्न थालेको नेपाल रेडक्रस सोसाइटी भक्तपुरका सभापति मनोजकुमार थापाले बताए । चीनबाट नेपाली उद्धार गरी ल्याउने चर्चा भएसँगै रेडक्रस भक्तपुरले टोल टोलमा सचेतनामूलक गतिविधि आयोजना गर्दै आएको भन्दै उहाँले आईतवार पनि कोरना भाइरस बारे सचेतिकरण कार्यक्रम अयोजना गरेको र सोमबारदेखि स्थानीय समुदायको मनोसामाजिक परामर्शकालागि कोरना भाइरस बारे सचेतिकरणका लागि जिल्लाभरका रेडक्रसकर्मीहरुको परिचालन गरिने उहाँले बताउनु भयो । पूर्व जानकारी नहुँदा तयारी गर्न नसकेको तथा सो बारेका स्वयंसेवकहरुको समेत अभाब भएकाले बेलैमा समुदायलाई सचेतिकरण गर्न नसकेको उहाँको भनाई छ ।