भक्तपुर, फागुण ३गते
नोवेल कोरना भाइरसको विषयमा नागरिकहरुलाई सचेतना जगाउने उद्देश्यले भक्तपुरमा बिषेश अभियान सुरु भएको छ । भाइरस लागेको थाहा पाउने मुख्य लक्षण ,आफु र अरुलाई बच्ने बचाउने उपायहरुको सुचना प्रचार प्रसार गर्दै शुक्रवार देखि नेपाल रेडक्रस सोसाइटी , भक्तपुर जिल्लाशाखाले यो बिषेश अभियान थालेको हो । समुदायस्तरमा सामुहिक भेला तथा विधालयमा सचेतना कार्यक्रम गरेसँगै समुदायस्तरबाटा यस बारे अझ प्रभावकारी रुपमा अभियान शूरु गर्नमाग भए अनुसार यो बिशेष अभियान शूरु गरिएको हो । अभियान अन्र्तगत सूर्यविनायकचोक, कमलविनायकचोक, गठ्ठाघर चोक, मध्यपुर थिमिनगरपालिकाको कार्यालय छेउ, च्यामासिङ्ग र दुघपाटी लगायतका मानिसहरु बढी चलपहल भएको क्षेत्रमा सचेतनामूलक अभियान गरिएको थियो । अभियानमा ४० जना स्वयसेवक तथा कर्मचारी परिचालित भएका छन् । अभियानबाट प्रत्यक्ष रुपमा १३,०००। मानिसहरुलाई सुचना सामाग्री(प्रर्चा) वितरण गरि सकेको स्योर कार्यक्रममा कविता पोखरेलले बताउनु भएको छ । शाखा सभापति मनोज कुमार थापकाअनुसार अभियानवाट प्राप्त पृष्ठपोसणको आधारमा जिल्ला विपद् व्यवस्थापन समिति र स्थानिय सरकार संग समन्वय गरि अझ व्यापकरुपमा अभियान सन्चालन गर्न सरोकारवाला निकायसँग रेडक्रसले छलफल गरिरहेको बताउनु भएको छ ।
जानकारी र फोटोको लागि ः कविता पोखरेल

लिटिल वल्र्डका विद्यार्थीहरुलाई भक्तपुर रेडक्रसद्धारा कोरोना भइरस सम्बन्धि अभिमुखिकरण
नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाद्वारा उत्थानशील नगर प्रवद्र्धन र सहभागिता कार्यक्रम संचालित लिटिल वल्र्ड इङ्गलिस स्कुलका बिद्यार्थीहरुलाई शुक्रवार नोवेल कोरोना भाइरस सम्बन्धि अभिमुखिकरण कक्षा संचालन गरिएको छ ।
अभिमुखिकरण कक्षामा कोरोना भइरसका मुख्य लक्षण्हरु, कोरोना भाइरसबाट कसरी आफू र अरुलाई बचाउने भन्ने बारेमा विद्यार्थीहरुलाई जानकारी गराइएको थियो । कोरोना भाइरस प्रभावित देशहरुबाट आउने मानिसहरुमा दुई हप्ता भित्र रुघाखोकी लागेमा, ज्वरो आएमा, घाँटी÷टाउको दुखेमा, श्वासप्रश्वासमा अत्याधिक समस्या भएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने जानकारी दिनुका साथै यस रोगबाट बच्न नियमित रुपमा साबुन बानीले हात धुने, खोक्दा र हाछ्यु गर्दा नाक र मुख छोप्ने, यदी पm्लुजस्तो लक्षण देखिएमा चिकित्सकसंग परामर्श लिने, फ्लू जस्ते लक्षण देखाउने जो कोहीको सम्पर्कबाट टाढा रहने, जंगली तथा घरेलु पशुपंछीहरुसंग असुरक्षित सम्पर्कबाट टाढा रहने, पशुजन्य मासु÷अण्डा राम्रोसंग पाकेको मात्र खाने जस्ता जानकारीहरु विद्यार्थीहरुलाई दिइयो । अभिमुखिकरण पश्चात् विद्यार्थीहरुलाइ नोवेल कोरोना भाइरस सम्बन्धि जनचेतनामूलक सन्देशहरु सहितको पर्चा पनि वितरण गरीएको थियो । नेपाल रेडक्रस सोसाइटी भक्तपुरका राष्ट्रिय विपद् प्रतिकार्य समुहका सदस्य दिनेश थापा र उत्थानशील नगर प्रवद्र्धन एवं सहभागिता कार्यक्रमका सामाजिक परिचालक सुजना कुसीले अभिमुखिकरण कक्षा संचालन गर्नु भएको थियो ।

विश्वका विभिन्न देशमा फैलिएको नोवेल कोरोना भाइरसबाट सर्बसाधारणलाई बचाउनको लागि नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाले जनचेतना अभिवृद्धि गर्ने उद्धेश्यले स्वयंसेवकहरु परिचालन गरी भक्तपुर जिल्लाका भक्तपुर अस्पताल परिसर, च्यामासिह चोक, मध्यपुर थिमि नगरपालिकाको कार्यालय अगाडी, सुर्यविनायक चोक, गठघर चोक, कमल बिनायक चोकमा सहयोगी कक्ष स्थापना गरी सर्बसाधारणहरुलाई नोबेल कोरोना भइरस सम्बन्धि जानकारी सहितको पर्चा बितरण गरेको कुरा नेपाल रेडक्रस सोसाइटी भक्तपुरका सभापति मनोजकुमार थापाले बताउनु भयो । उहाँले उत्थानशील नगर प्रवद्र्धन र सहभागिता कार्यक्रम संचालित विद्यालयहरुमा यस प्रकारको अभिमुखिकरण कक्षाहरु संचालन गरीने र सर्बसाधारणलाई आगामी आइतबारा मास्क पनि वितरण गरीने कुरा जानकारी दिनुभयो ।














