जगातिमा आज वृहत स्वास्थ्य शिविर आयोजना

श्रमिक साकोस जगातिले आज वृहत स्वास्थ्य शिविर आयोजना गरेको छ । लायन्स क्लव अफ भक्तपुर, अरनिको नरसिंह, फर्मासिस्ट, हेल्पिङ्ग ह्यान्स र लियो क्लव अफ भक्तपुर सूर्यविनाकयको आयोजनामा भएको सो शिविरमा खुल्ला रक्तदान कार्यक्रम पनि आयोजना गरेको थियो । ३५ जनाले रक्रदान गरेको सो कार्यक्रममा आँखा विशेषज्ञ सेवा, नाक, कान, घाँटी विशेषज्ञ सोव जनरल फिजिसयिन, हाड जोर्नी विशेषज्ञ सेवा, फिजियोथेरापी सोवा सहित निःशुल्क मोतिया बिन्दुको शल्यक्रिया तथा निःशुल्क औषधी वितरण समेत गएको थियो ।