भक्तपुर, ३ पुस । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा दुधपाटीमा औषाधिहरु अनुगमन गरियो ।
अनुगमनमा भनपा वडा नं १ दुधपाटी मा अवस्थित भैरब फार्मेसीको नाममा दर्तँ भएको औषाधी पसल व्यवसायी अनुपस्थित रहेको साथै औषाधि NID 060, Mfg. july 2019 , exp. june 2021 को ७ एम्पुल Utram (tramadol HCL ing., BN. 9032, Mfg. july 2019, exp. 2021 /01को २८ एम्पुल ) संचय गरिएको २ डिग्रीदेखि ८ डिग्रीमा संचय गर्नु पर्ने, lopez – Lorazepam inj. ip. 2 mg /ml BN. LYG 8005 , Mfg. feb 19, exp. jan 21 को १८ एम्पुल औषाधि रेफ्रिरेजेटर बाहिर कोठाको तापक्रममा राखीएको पाइएको साथै लागु औषाधि बाहेकका अन्य औषाधिहरुको खालि बट्टाहरु मात्रै राखीएको पाइएकोलेले उक्त पसल बन्द गरी सिलबन्दि गरेको औषाधि विभागका फार्मेसी अधिकृत मुकेन्द्र पंजियार, फार्मेसी अधिकृत उमंग त्रिपाठी, फार्मेसी अधिकृत सुरेन्द्र बोहरा, फार्मेसी सुपरभाईजर भिष्म सापकोटाले काम तामेली गरेको वडानिरिक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।
भैरब फार्मेसीका गोपाल थपलियाले भक्तपुर अस्पतालको विमाको फार्मेसी बेलुका ६ः०० बजे बन्द हुने र साझाको औषाधि पसलमा उपलब्ध नहुने भएकोले माथि उल्लेखित Nemadol, Utram / lopez औषाधि उपलब्ध नभएकोले आकस्मिक कक्षको लागि अति आवश्यक भएकोले चौबीसे घण्टा सेवा दिई उक्त औषाधि उपलब्ध गराएको बताउनुका साथै नपत्याए सो बारे भक्तपुर अस्पतालको आकस्मिक कक्षमा बुझे हुन्छ भनि थपलियाले बताउनु भयो ।
त्यस्तै अनुगमन कै क्रममा दिप फर्मा प्रा.लि. नविकरण गर्नु पर्ने, म्याद नाघेको औषाधिहरु छुट्टै राख्ने व्यवस्था गर्नुपर्ने, औषाधि पसलमा बस्ने व्यक्ति औषाधि विभागको अनुमति पत्र सहितको पसल धनीलेको सिफारिस भएको हुनुपर्ने सुझाब दियो । त्यस्तै डोलेश्वर फर्मा नविकरण गर्नुपर्ने, रोज डेण्टल केयर प्रा.लि. नविकरण गर्नु पर्ने, प्यान सहितको विक्रि विल दिने व्यवस्था गर्नुपर्ने, सरसफाईमा ध्यान दिनुपर्ने, प्राइम डेण्टल नविकरण गर्नुपर्ने, सरसफाई तथा औजार उपकरण निर्मलीकरण व्यवस्थापन गर्ने सुझाब दियो । त्यस्तै अधिकारी फर्मेसी पसल दर्ता नभएकोले त्यही दर्ता गराई उत्तम मेडिकल, अल्फा मेडिकल हल अनुगमन गरेको जानकारी दिनुभयो ।
अनुगमनमा अनुगमन समितिका हरिराम सुवाल, रोशनमैया सुवाल, भनपा श्यानिटेशका न.नि. दिलिपकुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, कर शाखाका मोहन देबी व्याञ्जू, महानगरीय प्रहरी प्ररिसरका प्रहरी हवल्दार नानु लामा, अंगराज परिया, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, जिल्ला जनस्थास्थ्य भक्तपुरका धनञ्जय आचार्यको सहभागी थियो ।














