नेपालमा थप ४२ जनाको कोरोनाका कारण मृत्यु, २१ जिल्लामा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित ।

नेपालमा थप ४२ जनाको कोरोनाका कारण मृत्यु, २१ जिल्लामा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित ।
नेपालमा थप ४२(बयालिस) जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ४२ जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १० हजार ३ सय ९६(छयानबे) पुगेको छ । यस्तै गत २४ घन्टामा देशभर १६ हजार ८ सय ३८(अर्तिस) कोरोना परीक्षण गर्दा थप ३ हजार ४ सय ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलका अनुसार गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप २ हजार १ सय ४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ८ लाख १७ हजार ५ सय ३० पुगेको छ भने ६ लाख ९९ हजार ७३(त्रिहत्तर) जना स्वस्थ भएका छन् । हाल देशभरका २१ जिल्लामा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् ।