कृत्रिम भूकम्प अभ्यासमा घाइटे आदर्शका ५ विद्यार्थीको उद्धार

भक्तपुर पुस ३ गते । आदर्श आजाद मावि । कलेजमा बिहिवार आएको भूकम्पले ५ जना घाइते भएका छन् । सोही विद्यालयमा पद्ने ३ जना विद्यार्थीको हात, खुटा, टाउकोमा चोट लागेका थिए भने अन्य दुई जना बेहोस हुन पुगेका थिए । घाइटे र बेहोस भएका विद्यार्थीहरुलाई रेडक्रसका स्वयंसेवकहरुले स्टेचरमा राखेर उद्धार गर्नुका साथै विद्यालयको खुल्ला ठाउँमा राखि प्राथमिक उपचार गरेका थिए ।

विद्यालयमा भूकम्प आएको चाल पाएपछि अध्ययनमा ब्यस्त विद्यार्थीहरु शिक्षकको निर्देशन अनुसार टाउको माथि किताव र कापीले छोप्दै वा टाउको लुकाउँदै खुल्ला क्षेत्रमा आए । कक्षागत रुपले लाइनमा बसि शिक्षकलाई आफू सकुसल रहेको जनाउ दिदै हाजिरी पनि दिए, त्यसपछि घाइटे सार्थीहरुको उपचार तर्फ ध्यान हेर्दै थिए ।
सो विद्यालयमा पद्ने ३ सय भन्दा बढी विद्यार्थीहरुको बीचमा बेताइममा बेजोरले घण्टी बजेपछि र घण्टी बज्ने बितिकै कक्षा शिक्षकहरुले विद्यार्थीहरुलाई भूकम्प आयो, भूकम्प आयो, सुरक्षित तवरले बाहिर जाऔं, नआतिनु भनेपछि विद्यार्थीहरु कक्षा कक्षाबाट जुरुक जारुक उठेर बाहिर आएका थिए । कतिपय विद्यार्थीहरुले भूकम्प आयो भन्ने आवाज सुने बितिक्कै बेञ्चमुनी लुक्न पुगेको बताएका थिए ।


आदर्श आजाद विद्यालयमा बार्षिकरुपले भूकम्पीय सुरक्षाको लागि कृतिम अभ्यास गराउँदै आउनेक्रममा विहिवार रेडक्रस सोसाइटी भक्तपुरको उठानशिल नगर प्रवर्धन तथा सहभागिता कार्यक्रम अन्तर्गत सो अभ्यास गराएको विद्यालयका प्राचार्य श्रीकृष्ण किसीले बताउनु भयो । विगतको वर्षमा सामान्य रुपमा मात्र भूकम्पीय सुरक्षा सम्वन्धि अभ्यास भएको तर यसपालि भूकम्प आउने बेला आफू र अरुको पनि सुरक्षा, उदार तथा प्राथमिक उपचार के कसरी गर्ने भन्ने सम्बन्धमा विद्यार्थीहरुलाई सिकाउने उदेश्यले कृतिम घटना अभ्यास गरेका हुन । भुकम्प आउँदा हुन सक्ने घटनाक्रमलाई उदृत गर्दै विद्यार्थीहरुमा भूकम्पीय सुरक्षाको पूर्वाभ्यास गराएको रेडक्रसका सुजना कुसीले जनसञ्चार खवरलाई बताए । शुक्रवार यसै गरी बागीश्वरी माविका विद्यार्थीहरुमा पनि यसै गरी कृतिम घटना सम्वन्धि अभ्यास गराउने कुसीले बताए ।
यसरी कृतिम घटना अभ्यासका लागि विद्यालयका शिक्षक र केही विद्यार्थीहरुलाई पूर्व सूचना र जानकारी दिएर गराउने गरिन्छ । बुद्धबार मध्यपुर थिमीको इनुराइड एकेडेमीका विद्यार्थीहरुको बीचमा पनि यस्तो अभ्यास गराएका थिए । अभ्यास पछि आफूहरुले मात्र होइन सबैले यस्तो भूकम्पीय सुरक्षा बारे प्रशिक्षण लिन आवश्यक रहेको प्रतिकृया विद्यार्थीहरुले दिएका थिए । २०७२ सालको भूकम्पको झल्को आउने गरी प्रशिक्षण पाएको भन्दै विपद्मा आफू पनि सुरक्षित हुने र अरुको ज्यान पनि जोगाउन सकिने अभ्यास कम्तिमा हरेक ३।३ महिना वा ६ महिना तथा एक वर्षको एक पटक भए पनि यस्तो अभ्यास गराउन आवश्यक भएकोमा जोड दिएका थिए ।