आज गुरु पूर्णिमा, गुरुहरूप्रति सम्मान व्यक्त गर्दै मनाईँदै ।
आज आषाढ शुक्ल पूर्णिमा, गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताउनुभयो । अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपसमेतमा मानेको छ । माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ । गुरु पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवम् सङ्घ संस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सार्वजनिक कार्यक्रम कमै गरिए पनि बिभिन्न सामाजिक सञ्जाल तथा भर्चुअल माध्यमबाट श्रद्धाभाव प्रकट गर्ने जनाइएको छ । आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइँदै छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो ।
Featured Posts – Style 1
शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भ.वि.सङ्घकाे तर्फबाट प्रतिक्षालय निर्माण हुने ।
2026-06-05 Comments Off on शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भ.वि.सङ्घकाे तर्फबाट प्रतिक्षालय निर्माण हुने ।
शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भ.वि.सङ्घकाे तर्फबाट प्रतिक्षालय निर्माण हुने ।काठमाण्डाै,भक्तपुर विकास सहयाेग सङ्घले शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक...
आदर्श आजाद माविको ६७ औं र कलेजको १८ औं वार्षिकोत्सव सम्पन्ननयाँ सरकारले १ खर्बको थप ऋण बोकाएर नवउपनिवेशवाद निम्त्यायोः सुवाल
2026-06-04 Comments Off on आदर्श आजाद माविको ६७ औं र कलेजको १८ औं वार्षिकोत्सव सम्पन्ननयाँ सरकारले १ खर्बको थप ऋण बोकाएर नवउपनिवेशवाद निम्त्यायोः सुवाल
आदर्श आजाद माविको ६७ औं र कलेजको १८ औं वार्षिकोत्सव सम्पन्ननयाँ सरकारले १ खर्बको थप ऋण बोकाएर नवउपनिवेशवाद निम्त्यायोः सुवालभक्तपुर,...
सवारी दुर्घटनामा २को मृत्यु, १० जना घाईते
2026-06-04 Comments Off on सवारी दुर्घटनामा २को मृत्यु, १० जना घाईते
सवारी दुर्घटनामा २को मृत्युभक्तपुर, जेष्ठ २१चाँगुनारायण नगरपालिका वडा नं ८स्थित कलमसीमा हिजो भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु हुुनुका साथै...
ख्वप्रिङ्गमा आगलागि ५०लाख भन्दा बढीको क्षेति,
2026-06-04 Comments Off on ख्वप्रिङ्गमा आगलागि ५०लाख भन्दा बढीको क्षेति,
ख्वप्रिङ्गमा आगलागि ५०लाख भन्दा बढीको क्षेति,भक्तपुर, जेष्ठ २१ गतेभक्तपुर नगरपालिका वडा नं। ८स्थित लिवालीमा रहेको ख्वप्रिङ स्कुलको नयाँ ब्लकमा भिसन...
नवनियुक्त प्रजिअ खड्कालाई पत्रकारको स्वागत
2026-06-03 Comments Off on नवनियुक्त प्रजिअ खड्कालाई पत्रकारको स्वागत
नवनियुक्त प्रजिअ खड्कालाई पत्रकारको स्वागतभक्तपुर, जेष्ठ २० गतेभक्तपुरका पत्रकारहरुले नवनियुक्त प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत गरेका छन् । जिल्लाका...












