भनपा र भक्तपुर रेडक्रस बीच निःशुल्क रक्तसञ्चार सेवा बारे आज सम्झौता नविकरण
भक्तपुर, भाद्र २ गते
भक्तपुर नगरपालिका र नेपाल रेडक्रस सोसाईटी भक्तपुर बीच आज रगत तथा रक्ततत्व सेवा सम्बन्धि सम्झौता नविरकण भएको छ । नगरपालिकाको कार्यकक्षमा नगर प्रमुख सुनिल प्रजापति र कार्यकारी अधिकृत वसन्त भट्राई एवं नगर स्वास्थ्य शाखाका प्रमुख डाक्टर रत्न सुन्दर लासिवा तथां रेडक्रस भक्तपुरका सभापति पशुराम पाण्डे र मन्त्री धर्मराज थापा बीच सम्झौतामा हस्ताक्षर भएको रेडक्रस भक्तपुरका सभापति पाण्डेले जनाएको छ । विरामी नगरवासीलाई निःशुल्क रगत तथा रक्ततत्व सेवा दिन दुई पक्ष बीच सो सम्झौता नविरकण भएको भन्दै उहाँले रगत तथा रक्ततत्व आवश्यक भएका नगरवासीलाई रेडक्रस भक्तपुरद्वारा सञ्चालित रक्रसञ्चार केन्द्र भक्तपुरले उपलब्ध गारउने र सो अनुसार आवश्यक रकम भक्तपुर नगरपालिकाले सोधभर्ना हुने गरी सम्झौता नविकरण भएको बताए ।
यो सम्झौतासँगै जिल्लाका ४ वटै नगरपालिकाहरसँग यसै गरी सम्झौता सम्पन्न गरी यो वर्षकालागि भक्तपुर जिल्लाबासीहरुलाई निःशुल्क रगत तथा रक्ततत्व सेवालाई व्यवस्थित गरिएको सभपति पाण्डेले जनाएको छ।

Photo : FB














