नगरकोटमा पर्यटन मैत्री कृषि उत्पादन र बजारिकरणकालागि हाट बजार

नगरकोटमा पर्यटन मैत्री कृषि उत्पादन र बजारिकरणकालागि हाट बजार
भक्तपुर, श्रवाण २६ गते
नगरकोट नाल्डुंग पर्यटन विकास समितिको १२ वर्ष पहिला देखिको योजना विस्तारै कार्यान्वयनमा ल्याएको छ । त्यस बेलाका अध्यक्ष बद्री माकले स्थानीय कृषकहरुको उत्पादन प्रवर्धनका साथै आन्तरिक तथा बाह्रय पर्यटकहरुलाई आवश्यक खाद्यान्न र तरकारीहरु स्थानीय स्तरमै उत्पादन गर्ने उदेश्यले नगरकोटमा हात बजार सञ्चालन गर्ने योजना बनाएको थियो । आज भन्दा १२ वर्ष पहिला नै लिएको सो योजना कार्यान्वयनमा भने गत हप्ताको शुक्रबारबाट मात्रै आएको चर्चा गर्दै उहाँले स्थानीय कृषकहरुलाई नगरकोटको पर्यटन प्रवर्धनबाट फाइदा पुग्ने गरी कृषि उत्पादनलाई पर्यटन मैत्री बनाउने अभियानको निरन्तरताले आज सार्थकता पाएको बताए । हरेक शुक्रबार विहान २ घण्टा हात बजारमा मदन देउपुर र नगरकोट क्षेत्रका कृषकहरुको उत्पादनहरुलाई प्रत्यक्ष उपभोक्ता सम्म पुर्यादा स्वस्थकर, ताजा अगानिक उत्पादन पाएको उल्लेख गर्दै पूर्व अध्यक्ष माकले आफू आस नेपालको काभ्रे जिल्ला अध्यक्ष भएरै कृषकहरुलाई प्रोत्साहित गर्दै आएको बताए । सबै कृषकहरुमा प्राङ्गारिक उत्पादन बारे जानकारी नभएकाले रासायनिक मल र विषाडी रहित तरकारी उत्पादनलाई जोड दिदै नगरकोटमा प्राङ्गारिक उन्मुख तरकारीहरुको हटबजार नामाकरण गरिएको छ ।
उबेलाबाटै हात बजार सुरु गर्ने योजना थियो, त्यसबेला कुरा मात्रै भयो, अघि कोही सरेनन्, १२ वर्षपछि फेरी आफै अघि सरेर हत बजार सञ्चालनमा ल्याएका छौं आस नेपाल काभ्रेका अध्यक्ष माकले बताए । चानपाको स्थान र आस नेपालको व्यवस्थापनमा कृषकहरुको कृषि उत्पादनलाई बजारसम्म ल्याउने ब्यवस्था गरेको उहाँले बताए । करिब ६ सय कृषकहरुलाई तालिम परामर्श दिएर अर्गानिक उत्पादनमा आस नेपालले प्राथमिकता दिएको बताए । नगरकोट क्षेत्रमा रहेका करिव २ सय होटलहरुलाई २७ प्रकारका तरकारीहरु चाहिने भएकाले ति तरकारीहरुको लिस्ट कृषकहरुलाई दिएर आवश्यक तरकारीहरु उत्पादनमा जोड दिदै आएको उहाँले बताए । सरसफाईमा ध्यान दिएर होटलहरुलाई आवश्यक तरकारी नगरकोट क्षेत्रबाटै उत्पादन गर्न सकिने विश्वास आस नेपालको रहेको उहाँले बताए ।


कृषकहरुले पनि उचित मूल्य पाउने, विच्यौलियाहरु पनि नहुने, उपभोक्ताहरुलाई पनि ताजा र स्वस्थकर तरकारी उपलब्ध हुने भएकाले हात बजार हप्ताको कम्तिमा दुई दिन गर्ने योजना रहेको पनि उहाँले बताए । हरेक शुक्रबर विहान साप्ताहिक हात बजारको आज दोस्रो हप्ता पनि उत्साहजनक रुपमा कृषि उत्पादन बिक्रिवितरण भएको मदनबहादुर शाहीले बताए । आस नेपालको तर्फबाट कृषकहरुको उत्पादन र बिक्रि मूल्य टोकेर कृषि उत्पादन संकलन गरी बजार मूल्य भन्दा पनि बढी मूल्यमा कृषि उत्पादनलाई बजारसम्म ल्याएको बताए । उपभोक्ताहरुले पनि बढी रुचाएको चर्चा गर्दै शाहीले भने आज बिहान मात्रै २० हजार भन्दा बढी व्यापार भयो । यसै गरी अस्मिता तामागले पनि सोचे भन्दा बढी व्यापार गर्न सफल भएको बताए । उनले नाल्डुग नगरपालिका वडा नम्वर १,२,३ र ४ वडाका कृषकहरुको उत्पादनलाई बजारसम्म ल्याएका हुन । कुनै बेला ५ रुपियाँ पनि नबिकेको गोलभेडालाई नगरकोट हाट बजारमा १ सय २० रुपियाँ प्रतिकिलोमा बेचेको एक गेडा पनि बाँकी रहेन सबै बिके उनले भनिन् । ७६ वर्षका वृद्ध देखि नयाँ पुस्तासम्मले फर्सिको मुन्ता देखि विभिन्न तरकारीहरु हाटबजारमा उपलब्ध छ ।
आस नेपालको संयोजनामा स्थानीय कृषकहरुको उत्पादन संकलन तथा कृषकहरुले आआफ्ना उत्पादनलाई बजारसम्म ल्याउन नगरकोटस्थिट भटेडाँडा हला महामजुश्री चोकमा प्रत्येक शुक्रबार हात बजार गत शुक्रबारबाट सुरु गरेको थियो । सो हात बजार व्यवस्थापन गर्न आस नेपालले एउटा गाडीको पनि व्यवस्था गरेको अध्यक्ष बद्री माकले बताए ।