राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई
कोहलपुर । बाँके कोहलपुरको शिखा एकेडेमीले राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि जितेको छ ।
शिखा एकेडेमी र नेपालगन्ज स्वीमिङ क्लबले शनिबार कोहलपुरमा आयोजना गरेको दोस्रो शिखा स्कुल स्तरीय राष्ट्रिय पौडी प्रतियोगितामा १३४ अंक ल्याएर शिखा स्कुलले उपाधि जितेको हो ।
प्रतियोगितामा लिटिल एञ्जल्स स्कुल ललितपुर १०१ अंक ल्याएर दोस्रो र १९ अंक ल्याएर बागेश्वरी एकेडेमी कोहलपुर तेस्रो, ८ अंक ल्याएर सोफिया रेसिडेन्सियल स्कुल नेपालगन्ज चौथो र ५ अंक ल्याएर लुम्बिनी वल्र्ड स्कुल रुपन्देही पाँचौं भएको पौडी प्राविधिक चन्द्रराम चौधरीले जानकारी दिनुभयो ।
प्रतियोगितामा लिटिल एञ्जल्स स्कुलबाट ६÷६ वटा स्वर्ण पदक जितेर छात्र विभुषण शाक्य र छात्रा लुनिरा शाक्य सर्वोत्कृष्ट खेलाडी घोषणा भए । प्रतियोगितामा देशभरीका २४ वटा विद्यालयका १०२ जना विद्यार्थीले भाग लिएका थिए ।
कार्यक्रममा आयोजक शिखा एकेडेमीका प्रतियोगिता संयोजक सूर्यमणि अधिकारीले अघिल्लो वर्ष जिल्ला स्तरीय प्रतियोगिता आयोजना गरेको अर्को वर्ष नै राष्ट्रिय स्तरको प्रतियोगिता सम्पन्न गर्न पाएको भन्दै खुसी ब्यक्त गर्नुभयो ।
नेपालगन्ज स्वीमिङ क्लबका अध्यक्ष केशवराज न्यौपानेले आगामी कार्तिक महिनामा अन्तर्राष्ट्रिय स्तरको पौडी प्रतियोगिता आयोजना गर्ने घोषणा गर्नुभयो ।
यसअघि कोहलपुर नगरपालिकाका उपप्रमुख संगीता सुवेदीले बिहान प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो । उपप्रमुख सुवेदीले कोहलपुर नगर क्षेत्रमा विद्यालयले गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलाप अन्तर्गत खेलका प्रतियोगिताहरु आयोजना गरेर नगरलाई देशभर चिनाउने काम गरिरहेको भन्दै खुसी ब्यक्त गर्नुभयो ।
०००
राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि विजेता शिखा एकेडेमी । फोटो ः नेपालगन्ज स्वीमिङ क्बल
Featured Posts – Style 1
भक्तपुर बचतले गरे लोपोन्मुख नौ बाजाको लोकार्पण
2026-09-24 Comments Off on भक्तपुर बचतले गरे लोपोन्मुख नौ बाजाको लोकार्पण
भक्तपुर बचतले गरे लोपोन्मुख नौ बाजाको लोकार्पणभक्तपुर, ८ असोजभक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सांस्कृतिक उपसमितिको आयोजनामा १० महिने...
भक्तपुरमा फैसला कार्यान्वयनतर्फका ६ जना फरार अभियुक्त पक्राउ
2026-09-24 Comments Off on भक्तपुरमा फैसला कार्यान्वयनतर्फका ६ जना फरार अभियुक्त पक्राउ
भक्तपुरमा फैसला कार्यान्वयनतर्फका ६ जना फरार अभियुक्त पक्राउ भक्तपुर, ८ असोज। जिल्ला अदालत भक्तपुरबाट फैसला भई सजाय भुक्तान गर्न बाँकी...
‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
2026-09-24 Comments Off on ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’ प्रिय छोरा, जन्मदिनको आशीर्वाद आज तिम्रो जन्मदिनमा तिमीलाई शुभकामना दिँदै गर्दा म...
श्री बागोहिणी माध्यमिक विद्यालयमा सामाजिक परीक्षण तथा विविध कार्यक्रम सम्पन्न
2026-09-23 Comments Off on श्री बागोहिणी माध्यमिक विद्यालयमा सामाजिक परीक्षण तथा विविध कार्यक्रम सम्पन्न
श्री बागोहिणी माध्यमिक विद्यालयमा सामाजिक परीक्षण तथा विविध कार्यक्रम सम्पन्नभक्तपुर। चाँगुनारायण नगरपालिका वडा नं. ७ मा अवस्थित श्री बागोहिणी माध्यमिक...
प्रकृतिको खुला क्यान्भासमा ४०० वर्ष पुरानो इतिहासताथलीका चट्टान अभिलेख संरक्षणमा जुटे अभियान्ता प्रेमध्वज
2026-09-23 Comments Off on प्रकृतिको खुला क्यान्भासमा ४०० वर्ष पुरानो इतिहासताथलीका चट्टान अभिलेख संरक्षणमा जुटे अभियान्ता प्रेमध्वज
प्रकृतिको खुला क्यान्भासमा ४०० वर्ष पुरानो इतिहासताथलीका चट्टान अभिलेख संरक्षणमा जुटे अभियान्ता प्रेमध्वज बृहत् वृक्षारोपण एवं विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रमचाँगुनारायण-९,...













