तःमुज्याको न्हुँ दया भिन्तुना अनलाइनबाट सुरु
भक्तपुर, कार्तिक ३० गते
जनता बाँचे, भाषा बाँच छ, भन्ने उद्घोषका साथ नेपाल भाषा साहित्य तःमुज्याले नेपाल सम्बत ११४१ नयाँ वर्षको अवसरमा अनलाईनबाट भिन्तुना कार्यक्रम आयोजना गरेको छ । हरेक वर्ष नेपाल सम्बतको पहिलोदिन भिन्तुना र्याली गर्दै आएको तःमुज्याले यसपालि कोरोना भाइरस संक्रमणको जोखिमका कारण अनलाईनबाटै भिन्तुना कार्यक्रम आयोजना गरेको हो ।
भाषासेवी जगतसुन्दर मल्ललाई स्मरण गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेको प्रमुख आतिथ्यतामा नेपाल भाषा साहित्य तःमुज्याले अनलाईन भिन्तुना कार्यक्रम आयोजना गरेको हो ।
तःमुज्याका अध्यक्ष चन्द्रवहादुर उलकको सभापतित्वमा भएको सो कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं साँसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति, प्रदेश सांसद सुरेन्द्रराज गोसाई, सृजना सैंजू, जनसाहित्य गोष्ठी काठमाण्डौका नारायण महर्जन, ललितपुरका महेन्द्र ब्रम्हाचार्य काभ्रेबाट डा. हरिप्रसाद मानन्धर लगायतका बक्ताहरुले कोरोना भाइरसको परिक्षण र उपचार सरकारले गर्नुपर्नेमा जोड दिन्दै शिक्षा र स्वास्थ्य निःशुल्क गरी समाजबाद उन्मुख कार्यबाट सरकारले हात झिक्दै गरेकोमा आपति जनाउँदै महामारी नियन्त्रणसँगसँगै सरकारको गलत कार्यको विरोध गर्दै जानुपर्नेमा जोड दिएको छ ।
Featured Posts – Style 1
फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति
2026-07-21 Comments Off on फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति
फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति भक्तपुर । २०८३ साउन ४ भक्तपुर नगरपालिका वडा नं. १०...
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
2026-07-20 Comments Off on गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटनाभक्तपुर, श्रावण ४ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले गत असार महिनाभर भएका कार्यसम्पादनहरु...
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
2026-07-20 Comments Off on सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न भक्तपुर, साउन ४ गते। श्री बाराही बचत तथा ऋण...
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
2026-07-20 Comments Off on स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचनललितपुर,- राजुराम मुनंकर्मीबि.सं. २०८२ चैत्र ७ गते देखि हरेक महिनाकाे पहिलाे शनिबारका...
भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउ
2026-07-19 Comments Off on भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउ
भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउभक्तपुर, श्रावण ३ गतेभक्तपुर प्रहरीले स्कुटर चोरी गर्ने मानिसलाई पक्राउ गरेको छ । श्रावण १ गते...













