तःजुज्याले गरे अनलाईनबाटै भिन्तुना, पुर्खाले चलाएको असल चलन अनुसरणयोग्य रहेको नेमकिपाका अध्यक्ष विजुक्छेको भनाई

तःजुज्याले गरे अनलाईनबाटै भिन्तुनाः
पुर्खाले चलाएको असल चलन अनुसरणयोग्य रहेको नेमकिपाका अध्यष विजुक्छेको भनाई

भक्तपुर, कार्तिक ३० गते
कोरोना भाइरसको संक्रमण र हतियारको दम्बले एक्कै पटक लाखौ मानिसहरुको हत्या हुन सक्ने विश्लेषण गर्नुहुँदै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेले अमेरिकामा काला जातिलाई गोली हानि हत्या गर्ने प्रजातन्त्र र भारतको जातिवादी मोदी सरकार जस्तै नेपालका साशकहरु पनि जातिवादी र वडाराष्ट्बादी चिन्तनबाट मुक्त नभएको बताउनु भएको छ । नेपाल सम्वत ११४१ नयाँ वर्ष न्हुँदया भिन्तुनाको अवसरमा आज विहान नेपाल भाषा साहित्य तःमुज्याले आयोजना गरेको अनलाईन भिन्तुना कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष विजुक्छेले सबै अण्डाहरु एउटै टोकरीमा राख्न नहुने कुरा कोरोनाको माहामारीबाट पनि प्रष्ट भएको उल्लेख गर्नुहुँदै भाषा नभए मनको कुरा कसरी पोख्ने? एउटा भाषा विकास हुन सयौं वर्ष लाग्छ । साहित्यले भाषा विकास गर्न टेवा पुर्याए पनि, लिपि र अक्षरहरु लेखिएको भए पनि भाषा बोल्ने जनता नभएमा भाषा पनि हराउँदै जाने भएकाले जनता बाँचे मात्रै भाषा बाँच्छ भनि जोड दिन्दै आएको बताउनु भयो । भाषा, संस्कृतिको संरक्षणका लागि विभिन्न भाषाभाषीहरुको अध्ययन गर्दै कृतिहरु अनुवादबाट एक आपसमा भाषिक ज्ञानसिपहरु आदान प्रदान एवं जनसम्पर्क प्रभावकारी गर्न सकिने विचार राख्नु भयो ।
पुर्खाले विदेशबाट आएका मानिसलाई छुटै राख्ने, घर भित्र्याउने भाडाकुडाहरुलाई आगोले छुवाउने, मासु ल्याउने बितिक्कै बेसारले डल्ने, बुइगलसम्म जुता लगाएर हिड्डुलु गर्नु हुन्न भनि सरसफाईलाई ध्यान दिदै आएको कुरा कोरोना माहमारीको यो विषम परिवेसमा अनुसरणयोग्य कुरा रहेको बिचार राख्नु भयो । अध्यक्ष विजुक्छेले कोरोना संक्रमणको जोखिममा भोजभटेर नगर्न आग्रह गर्नु भयो । अध्यक्ष विजुक्छेले भन्नु भयो यो बेला आफन्तलाई भोज बोलाए रोग सारेर मार्नु सरह हुने छ । रुघाखोकी जस्तै हावाबाट समेत सर्न सक्ने कोरोना रोगबाट बाँच्न बचाउन भौतिक दुरी कायम गरी स्वास्थ्य मापदण्ड अनुसार सुरक्षित व्यवहारमा रहनुपर्नेमा जोड दिनु भयो ।
सैनिक व्यारेकहरुलाई बस्ती भन्दा पर राख्नुपर्नेमा जोड दिदै अध्यक्ष विजुक्छेले भविष्यमा युद्ध भएमा लाखौ मानिसहरुको मृत्यु हुन सक्ने कुरालाई प्रकाश पार्नु भयो । अध्यक्ष विजुक्छेले सरकारले जानाजान गरीव जनतालाई मारेर जनताको जग्गा जमिन लुत्ने काम कांग्रेस सरकारको पालादेखि हुँदै आएको बताउनु भयो । काग्रेस सरकारले जस्तै अहिलेको सरकारले पनि काठमाण्डौमा धेरै मानिस राखेर जातिबादी र दासत्वको ब्यवहार गरीरहेको बताउनु भयो । अध्यक्ष विजुक्छेले देशमा दासत्व अझै बाँकी रहेको उल्लेख गर्नु हुँदै देशको सन्तुलित विकास नगरी सिंहदरवारमा तस्विर मात्र झुण्ड्याउने पंचायत, राप्रपा, काग्रेस र एमाले सरकारका प्रधानमन्त्रीहरु नै देश विकास नहुनका जिम्मेबार र दोसी रहेको बताउनु भयो । सिंहदरवारमा तस्विर राख्नु भनेको अदालतमा राख्नु जस्तै भएको जिकिर गर्नुहुँदै अध्यक्ष विजुक्छेले देशको सन्तुलित विकासका लागि विगत २५ वर्ष अगाडी देखि सदनमा बोल्दै आएको तर सरकारमा बस्नेहरुले यसमा ध्यान दिंदै नदिएको उल्लेख गर्नु भयो ।
नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले नेपाल भारत सिमा सुरक्षाको अनुगमण र नियमन गरी कोरोना परीक्षणको समेत बेवास्था गरी स्वस्थ मानिसहरुलाई मात्रै देशमा भित्र्याउन दिएको भए देशमा अहिले जस्तो कोरोनाको महामारी फैलिन नसक्ने बताउनु भयो । काठमाण्डौ उपत्यका केन्द्रीत सरकारको विकासका गतिविधिहरुले उपत्यकामा जनसंख्या बृद्धि भई उपत्यका भारतको राजधानी दिल्ली जस्तै प्रदुर्षित हुँदै गएको बताउनु भयो । सांसद सुवालले काठमाण्डौमा जनसंख्या थुपारेर विश्व सम्पदामा सूचीकृत उपत्यकाको संस्कृति र सम्पदाको विनास गरी रहेको बताउनु भयो ।
संयुक्त राष्ट् संघमा देशको नाम दर्ता गर्न प्रयोग भएको नेपाल सम्वतलाई बेवास्था गर्दै सरकारी कामकाजको भाषामा भारतीय राजाले चलाएको विक्रम सम्बत चलाउँदै आएको, त्योसँगै इस्वि सम्वत पनि चलन चल्तिमा ल्याएर नेपालको मौलिक सम्वत ओझेलमा राखेको बताउनु भयोे । ध्वनी र धुवा प्रदुषण हुने उपत्यकाका कलकारखाना आ.ब.२०७३।७४ मै उपत्यका बाहिर स्थानान्तरण गर्ने भनिए पनि सरकारले निर्णय गरेको भए पनि त्यसको कार्यान्वयन नगरिएकोमा आपति जनाउनु भयो ।
मध्यपान र धुम्रपानले जनस्वास्थ्यमा असर पारिरहेको उल्लेख गर्दै सांसद सुवालले चाडपर्वपछि कोरोनाको संक्रमण थप वृद्धि हुन सक्ने भएकाले सचेत रहन आग्रह गर्दै जनताको निःशुल्क स्वास्थ्य परीक्षण र उपचार सरकारले गर्नुपर्नेमा जोड दिनु भयो ।
नेपाल भाषा साहित्य तःमुज्याका अध्यक्ष चन्द्रबहादुर उलकको सभापतित्वमा भएको सो अनलाईन भिन्तुना कार्यक्रममा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले नेपाल भाषा बोल्ने मानिसहरु कम हुँदै जादा भाषा मात्र होइन भाषिक अतिक्रमण समेत हुँदै आएको बताउँदै मास्तर जगत सुन्दर मल्लको सालिक पँचायत सरकारले हताएको भए पनि नेमकिपाका जनप्रतिनिधीहरुले २०४६ सालको जनआन्दोलन पश्चात पुनः मल्लको सालिक यथास्थानमा स्थापना गरेको बताउनु भयो ।
नयाँ पुस्तालाई भाषा, संस्कृति सिकाउन भक्तपुर नगरपालिकाले पाठ्य पुस्तक विकास गरी नगरका ९२ वटा विद्यालयहरुमा पढाई समेत भइरहेको जनाउनु भयो । सरकारी जग्गामा स्थापना भएको भक्तपुर क्यान्सर अस्पताललाई एउटा एनजिओको कमाइ गर्ने नबनाई जनताको सम्पति जनताकै कायम गर्न लागि परेको बताउनु भयो । कोरोनाको संक्रमणलाई ध्यान दिन्दै नगरपालिकाले नगरवासीहरुमा सचेतना फैलाइरहेको उल्लेख गर्नु हुँदै नगर प्रमुख प्रजापतिले कोरोना संक्रमण समुदायमा फैलिन नदिन सबैभन्दा पहिला आफू सुरक्षित हुन आग्रह गर्नु भयो ।
बागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले कोरोना भाइरसका कारण देशका बहुसंख्यक मजदुर किसानहरु संकटमा परेको बताउनु हुँदै जनता संकटमा परेको बेला सरकारले हेर्नुपर्ने, साथ दिनुपर्ने, हौसला दिनुपर्नेमा संख्याले ठूलो बहुमत प्राप्त सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताउनु भयो । समाजका अग्रजहरुले कोरोना रोकथाम र सरकारका गलत कार्यहरु बारे जानकारी दिएर जनतालाई उत्साहित गर्नुपर्ने आजको आवश्यकता भएको उल्लेख गर्दै सांसद गोसाईले प्रदेश सरकार आएको ३ वर्ष भइसक्दा पनि त्यसको प्रत्याभूत हुने गरी काम गर्न नसक्नु् संघियताप्रति साशक दलहरुको अदुर्दसिता भएको बताउनु भयो । संघियता असफल बनाएर देश बर्बादितर्फ लगे साशक दलको दुर्भाग्य हुने उल्लेख गर्दै सांसद गोसाईले माहामारी रोकथाम र सरकारको गलत कार्यको विरोध गर्नु आम नागरिकको कर्तव्य रहेकोमा जोड दिनु भयो । अर्का प्रदेश सांसद सृजना सैंजूले जनताको संघर्षबाट मात्रै साशकहरुलाई ठीक ठाउँमा ल्याउन सकिने विचार व्यक्त गर्नु हुँदै पटक पटकको राजनैतिक परिवर्तन र अहिलेको गणतन्त्रमा पनि देश र जनताको आवश्यकता परिपूर्ति हुन नसकेको बताउनु भयो । जनताको सांस्कृतिक र जातिय दमन, हत्या हिंसा, बलात्कार जन्य घटनाहरु बढी रहेको उल्लेख गर्दै सांसद सैंजूले सत्रु मित्रु नचिनेसम्म जनताले दुःख पाइरहने विचार ब्यक्त गर्नु भयो ।
कार्यक्रममा नेमकिपा काठमाण्डौका सनकमान महर्जनले गरीव जनताको पक्षमा धेरै काम गर्नुपर्नेमा जोड दिदै सरकारका गलत क्रियाकलपाहरुको विरोध गर्दै जानुपर्नेमा जोड दिनु भयो भने नेमकिपा काभ्रेका डाक्टर हरिप्रसाद मानन्धरले सरकारले नाममात्रको समाजबाद उन्मुख भनेर शिक्षा र स्वास्थ्य सेवाबाट फन्छिएर निजी क्षेत्रलाई सुम्पि रहेको उल्लेख गर्दै कोरोना भाइरसबाट सुरक्षित रहन स्वास्थ्य मापदण्ड परिपालन अतिआवश्यक भएकोमा जोड दिनु भयो । ललितपुरबाट महेन्द्र बम्हाचार्यले नेमकिपाको राजनैतिक गतिविधिहरुले देश र जनतामा सांस्कृतिक जागरण ल्याइरहेको बताउनु भयो । खोकना र बुमतिको सभ्यतामाथि सरकारको हस्तक्षेपभएसँगै भारतिय विस्तारवादले काठमाण्डौ उपत्यकाको सभ्यतामाथि नै हस्तक्षेप हुने भएकाले सचेत हुनुपर्नेमा जोड दिनु भयो भने जन साहित्य गोष्ठी काठमाण्डौका नारायण महर्जनले सरकारको काम म्हुतु न्या ज्यामज्या अर्थात कुरा गर्छ काम गर्दैन भन्दै कोरोनाको कहरमा परीक्षण र उपचारबाट सरकार पछि हट्न नहुने बताउनु भयो उहाँले काठमाण्डौमा संक्रमणको दर झन बढ्नुले कोरोना नियन्त्रणमा सरकार असफल भएको बताउँदै कोरोनाबाट सुरक्षित व्यवहारका साथ राजनैतिकरुपमा सचेत भएर लाग्नुपर्ने बेला आएको बताउनु भयो ।