आजर्दआजाद मावि भेलुखेलमा भूकम्पपछिको पुनर्निर्माण कार्य सुरु

आजर्दआजाद मावि भेलुखेलमा भूकम्पपछिको पुनर्निर्माण कार्य सुरु
भक्तपुर, कार्तिक १६ गते ।

आदर्श आजाद माध्यमिक विद्यालय भेलुखेल भक्तपुरले भूकम्पपछिको विद्यालय भवन पुनर्निर्माण कार्य सुरु गरेको छ । विद्यालय परिसरमा रहेको पुरानो एक तल्ले भवन भत्काएर नयाँ भवन निर्माण कार्य सुरु गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वराम कवांले नवर्निमित भवनको शिलान्यास गरेका हुन् ।
२ करोड ९७ लाख ६६ हजार दुई सय ५५ रुपैयाँं (भ्याटबाहेक) को लागत इष्टमेटमा विद्यालय भबन निर्माण सुरु गरिएको हो । विद्यालय भबनको निर्माण २०७८ पुसभित्र सम्पन्न गरिसक्ने योजना राखिएको छ ।
राष्ट्यि पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाई (शिक्षा) भक्तपुरका प्राविधिक एवं आर्थिक सहयोगमा सो भवन बनाउन सुरु गरेको हो । भबन निर्माणसँगै विद्यालय सञ्चलनका लागि विद्यालय भवनमा रंगरोगन, बेन्च टेवल समेत लागत इष्टिमेट गरेर सो भवन निर्माण कार्य भएको विद्यालयका सहायक प्रध्यानाध्यापक चक्रबहादुर चाकतुले बताउनु भयो ।

भक्तपुर सहित देशका विभिन्न क्षेत्रबाट आएका ९ सय भन्दा बढी विद्यार्थीहरुले अध्ययन गर्दै आएको आदर्श आजाद मावि तथा कलेजमा अध्यायपन लागि भवनको अभाव तथा भूकम्पबाट क्षतिग्रस्त भवनको जोखिम व्यवस्थापन गर्न राष्ट्यि पुनर्निमार्ण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाई (शिक्षा) भक्तपुर र विद्यालय बीच भएको सम्झौता अनुसार सो भवन निर्माण कार्य थालेको होे । सो विद्यालयमा हाल तीन वटा भबनका २६ वटा कक्षाकोठाहरुमा पठनपाठन भइरहेको विद्यालयले जनाएको छ । नर्सरीदेखि कक्षा १२ सम्म र विहान आदर्श आजाद कलेज पनि सोही भवनमा सञ्चालन हुँंदै आएको छ ।
विद्यालयकै करिव साढे ६ आना जग्गाको क्षेत्रफलमा भबन निर्माण सुरु गरिएको छ । भबन तीन तल्लाको हुने बताएको छ । प्रत्येक तल्लामा तीनतीन वटा गरी नौ वटा कोठाहरु हुनेछन् । तीमध्ये एउटा कोठा अपांगमैत्री कक्षाकोठा रहने जनाइएको छ ।
आज भएको शिलान्यासमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कवां, सदस्य सत्यनारायण दिदिया, भक्तपुर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष प्रेमगोपाल कर्माचार्य, वडा सदस्य सरिना द्यौला, प्रध्यानाध्यापक श्रीकृष्ण किसी, सहायक प्रध्यानाध्यापक चक्रबहादुर चाकतु, स्कुलका मावि इन्चार्ज राजेन्द्र श्रेष्ठलगायतका शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो । यो विद्यालय भक्तपुर जिल्लाकै राम्रो विद्यार्थी सख्या रहेको सामुदायिक विद्यालय रहेको छ ।