आरम्भ पुस्तक प्रदर्शनी २०७८ कमलविनायकमा आयोजना हुने

आरम्भ पुस्तक प्रदर्शनी २०७८ कमलविनायकमा आयोजना हुने
आरम्भ पुस्तक प्रदर्शनी २०७८ कमलविनायकमा आयोजना गर्ने भएको छ । आगामी माघ ५,६,७ र ८ गते गरी ४ दिनसम्म विभिन्न कार्यक्रमहरुका साथ पुस्तक प्रदर्शनी हुने आयोजक समितिका दिनेश प्रधानले जनाएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ट राजनीतिज्ञ नारायणमान विजुक्छेको प्रमुख आतिथ्यमा हुने सो प्रस्तक प्रदर्शनीमा कला, साहित्य, इतिहास लगायतका विषयहरुको नेपाली, अंग्रेजी र हिन्दी भाषाका पुस्तकहरु समेत प्रदर्शनीमा राखिने छ । सो अवसरमा हरेक दिन पृथक कार्यक्रमहरुका साथ पुस्तक प्रदर्शनी हुने आयोकज समितिले जनाएको छ । सो अवसरमा कार्टुन संग्रहको पुस्तक, नेपाल भाषाको कविता संग्रह विमोचन गर्नुका साथै नाटक प्रदर्शनी र ख्वप मोडेल बारे परिचर्चा गर्ने कार्यक्रम समेत रहेको बताए ।
सहभागि दर्शकहरुको सुविधाका लागि विभिन्न प्रकाशनहरुको पुस्तकहरु विशेष छुटको व्यवस्था, नेवारी खानाको स्टल, नवदुर्गाको मुकुण्डो प्रदर्शनी पनि हुने छ । बाल बालिकाको लागि पुस्तकहरु प्रदर्शनी एवं खरिदमा विशेष छुटको व्यवस्था सहित आरम्भ पुस्तक प्रदर्शनी अयोजना भनपा १०, कमलविनायकस्थित सरस्वती विद्या गृह प्रांगण खुल्ला चौरमा आयोजना हुने भएको हो । २०७६ सालमा पनि सोही स्थानमा सफलतापूर्वक पुस्तक प्रदर्शनी गरेको आरम्भ समूहले यस वर्षको प्रदर्शनीमा पनि प्रवेश निःशुल्क गरिएको छ ।
पुस्तक प्रदर्शनीमा साझा प्रकाशन, रत्न पुस्तक भण्डार, परिचय बुक्स, नेपालय, नेपाल प्रज्ञा प्रतिष्ठान, एकता, इन्डिगो, पैरवी, एजुकेसन सहित २८ वटा प्रकाशकहरुको स्थलहरु राख्ने तयारी भइरहेको उल्लेख गर्दै आयोजक समितिले वरिष्ट चित्रकार हरिप्रसाद शर्माका चित्रकला प्रदर्शनी, कार्टुनिस्ट दामोदर सुवालको कार्टुन प्रदर्शनी, रमेश प्रधानको मूर्तिकला, बालकृष्ण बनमालाको नवदुर्गा नांच सम्बन्धि मुकुण्डो कला प्रदर्शनी हुने जनाएको छ ।