भक्तपुर नगरमा लाभग्राहीसँग पुनर्निर्माण अभियान सहजीकरण
भक्तपुर, कार्तिक १६ गते
भूकम्पपछिको पुनर्निर्माणको अवस्था र गुनासो संकलन तथा बाँकी पुनर्निर्माण प्रभावकारी बनाउन भक्तपुर नगरका लाभग्राहीसँग टोल टोल पुनर्निर्माण अभियान थालेको छ । भक्तपुरका भुकम्प पीडितहरुको पुनर्निर्माणका समस्याहरुको पहिचानकालागि तथा पुनर्निर्माण कार्यमा प्रोत्साहित गर्न लाभग्राहीहरुसँग पुनः छलफल थालेका हुन् । राष्ट्यि पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाई भवन भक्तपुरका इन्जिनियर र स्वयम् सेवक कर्मचरीहरुले भक्तपुर नगरका टोल टोलमा पुगेर भूकम्पपछिको पुननिर्माणको अवस्था, समस्या र गुनासाहरुको सुनुवाईसँगै सहजिकरण थालेका हुन । दशै अगाडी देखि थालेको सो अभियान दशै पर्व पछि पुनः सुरु गरेको हो । भक्तपुर नगरका टोल टोलमा सो अभियान अन्तर्गत पुनर्निर्माण र जिर्णोद्धार कार्यलाई प्रभावकारी गराउन पहिलो किस्ता लिएर पनि किन अहिलेसम्म घर नबनाएको भनि पुनर्निर्माण नगर्नुको कारणहरु समेत सोध्दै अहिलेसम्म किस्ता रकम नबुझेका लाभग्राही एवं पुनर्निर्माण सम्पन्न गरेका लाभग्राहीको समेत र्फाम भरी विवरण संकलन कार्य भइरहेको प्राधिकरणका इन्जिनियर सम्झना श्रेष्ठले जनाएको छ ।
२९ हजार भूकम्प पीडित रहेको भक्तपुर जिल्लामा सालाखाला ४० प्रतिशतले मात्रै पुननिर्माण सम्पन्न गरेका छन् भन्ने अझै विभिन्न कारणले ६० प्रतिशत पुनर्निर्माण गर्न बाँकी रहेको अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार कार्यालय भक्तपुरले जनाएको छ । भक्तपुरका पुनर्निमार्ण कार्य बाँकी अधिकांस नगर क्षेत्रमै रहेको सो कार्यालयले जनाएको छ । कोरोना भाइरस संक्रमणको जोखिमले समेत प्रभावित रहेको पुनर्निर्माणलाई लकडाउन र निषेधाज्ञा पश्चात पुनर्निर्माणको अवस्था बुझ्न र बाँकी पुननिर्माण प्रभावकारी बनाउन भूकम्प पीडित लाभग्राही समक्ष टोल टोलमा सो अभियान चलाएको इन्जिनियर श्रेष्ठले जनाएको छ ।
Featured Posts – Style 1
प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
2026-09-07 Comments Off on प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग भक्तपुर । २०८३ भदौ २२ २०८३ भदौ १०...
सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या
2026-09-07 Comments Off on सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या
सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या भक्तपुर, २१ भदौ । “मिठो फलका लागि राम्रो बीउको...
ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान
2026-09-07 Comments Off on ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान
ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान भक्तपुर भक्तपुर नगरपालिका वडा नं. १०, कमलविनायकस्थित ॐ कारेश्वर प्रगति सेवा...
भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न
2026-09-07 Comments Off on भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न
भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्नभक्तपुरभक्तपुर नगरपालिका वडा नं। ६ वडा कार्यालयको आयोजनामा...
प्राज्ञ कवि प्रतिसरा सायमीलाई अभिनन्दन
2026-09-07 Comments Off on प्राज्ञ कवि प्रतिसरा सायमीलाई अभिनन्दन
भक्तपुर साहित्यिक समाजले प्राज्ञ कवि प्रतिसरा सायमीलाई नेपालभाषा र साहित्य क्षेत्रमा निरन्तर समर्पित भई पुर्याउनु भएकाे अमूल्य याेगदानकाे कदर गर्दै...











