संस्थागत विद्यालय अभिभावक संघद्वारा कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा विद्यालयहरुको सक्रियता सम्बन्धी काठमाण्डौंको विभिन्न विद्यालयमा अनुगमन ।
काठमाण्डौं, ११ पुस । संस्थागत विद्यालय अभिभावक संघले कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा विद्यालयहरुको सक्रियता सम्बन्धी काठमाण्डौंको विभिन्न विद्यालयमा आइतवार अनुगमन गर्यो ।
संस्थागत विद्यालय अभिभावक संघका अध्यक्ष सुभाव भण्डारीले विद्यालयलाई सहयोग गर्न र सुरक्षित तवरले विद्यालय दुब्नबाट बचाउनको निम्ति अनुगमन गरेको बताउनु भयो । उहाँले कोभिड १९ बाट आक्रान्त भई विद्यालय भर्खरै सुरु भएको छ फेरी ओमिक्रोनको त्रास त छ नै त्यसैले त्यसबाट कोहीं पनि बालबालिका अनाहकमा ज्यान गुमाउन नपरोस् भने हेतुले कोभिड १९ रोकथाम तथा नियन्त्रणमा विद्यालयहरुको सक्रियता कस्तो छ ? के के गर्देछ । कोभिडबाट बच्नको लागि न्युनतम स्वास्थ्य मापदण्डमा ध्यान दिएको छ कि छैन ? माक्स, सानिटाइजर र भौतिक दुरी कायम भएको छ कि छैन ? त्यसको लागि काठमाण्डौं उपत्यकामा रहेको संस्थागत विद्यालयहरु अनुगमन गरेको बताउनु भयो । उहाँले विद्यालयका वालवालिका अथवा विद्यार्थीहरु सुरक्षित वा निरोगी भए मात्रै शिक्षकहरु पनि निरोगी बन्न सक्ने र शिक्षक निरोगी भए समाज नै निरोगी बन्ने बताउनुभयो । उहाँले कोभिड पनि विद्यालय संचालन भएपछि संचालकहरुको वित्तीय र व्यवस्थापनमा धेरै समस्याहरु भएको ती समस्याहरु सरकारसम्म पु¥याएर त्यसको समस्या समाधानको लागि पनि यो अनुगमन आवश्यक रहेको बताउनुभयो । उहाँले विद्यालय अनुगमनले तथ्याङ्क संकलन गरी विद्यालय संचालक, अभिभावक र विद्यार्थी लगायत सरोकारवालाहरु राखेर सबैको समस्या समाधानको लागि सरकारलाई दवाव मुलक कार्यक्रम गर्ने बताउनुभयो ।
अनुगमनमा महासचिब रामचन्द्र सुवेदीले निरोधात्मक गतिविधि कक्षा कोठा, हल, शौचालय, चमेनागृह, कार्यालय, पुस्तकालय, प्रयोगशाला र गाडीको सरसफाई, विद्यालय हाता, प्रवेश विन्दु, कक्षा कोठा, प्रयोगशाला, पुस्तकालय, खेलकुद स्थल र शौचालयमा स्यानिटाइजर प्रयोग वा विद्यार्थी आफैले स्यानिटाईजर ल्याउनु पर्ने, कस्तो मास्क प्रयोग, माक्सको उपलब्धता, साबुनपानीले हात धुने र उपचारात्मक गतिविधिमा थर्मगन, प्रथामिक उपचार बक्स, स्वास्थ्य बिमा, आइशोलेशनको व्यवस्था, पिपिई र पञ्जाको व्यवस्थापन र खोप लगाएको र प्रवर्धनात्मक कार्यहरु बारे जिज्ञासा र फारम भराई तथ्याङ्क संकलन गरेको बताउनुभयो ।
अनुमगनमा सचिव रामकृष्ण प्रजापतिले कोभिड १९ बाट धेरै मानविय क्षेति पु¥याई सकेको हामी सबैलाई सर्वविदित्तै हुँदा पनि विद्यालयका केही कर्मचारीहरु, केही शिक्षक र केहीं विद्यार्थीहरुले माक्स नलगाई हेलचक्र्याईं गरेको पाइएको बताउनुभयो । उहाँले प्रत्येक कक्षा कोठामा स्यानिटाइजर उपलब्ध गराउनु पर्नेमा कक्षा कोठामा उपलब्ध नभएको पाइएको र हात धुने स्थानको धेरै अभाव, चमेना गृहका भान्छेहरुलाई हेयरनेट, माक्स पञ्जा लगाई काम गर्नु पर्नेमा त्यस्तो नपाइएको साथै माक्स नभएको विद्यार्थीलाई माक्स दिन पनि कति दिएर साध्य भनेर भन्ने शिक्षकहरु रहेको बताउनुभयो । उहाँले गेटमा विद्यार्थी भित्र्याउन ज्वरो नाप्ने थर्मगन समेत दराज भित्र थन्काईको पाइएको र ज्वरो नाप्ने कार्य नगरेको देखिएको बताउनुभयो । उहाँले भौतिक दुरिको लागि कक्षा कोठाको बनावट र अनिवार्य माक्स लगाउनु पर्ने र स्यानिटाइजर लगाउने जनचेतना मुलक भित्तेचित्रहरु राख्नुपर्ने वा जनचेतना मुलक कार्यक्रमहरु गर्नु पर्ने आवश्यकता देखिएको बताउनुभयो । अनुगमनमा कोषाध्यक्ष पुनम निरौला र सदस्य रमा गिरीको सहभागी रहेको थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...














