विस्का जात्रा समापनमा एक जनाको मृत्यु
बैशाख ५ गते, भक्तपुर
नौ दिन ८ रातको विस्का जात्रा विधिपूर्वक सम्पन्न गर्न तानिएको भैरवको रथ तान्नेक्रममा एक जनाको मृत्यु भएको छ । विस्का जात्रा मनाउन तल तानिएको भैरवको रथ सम्पन्न हुने बेला माथि ल्याउने प्रचलन भए पनि रथ तान्नेक्रममा नासमनातर्फ तानिएको रथ फर्काउनेक्रममा घखामा जात्रा हेर्दै वसेका एक जना जेष्ठ नागरिक घाइटे भएका थिए । रथको पांग्रा अडिएको काठले च्यापेर ७१ वर्षका दुर्गामान कसपाल घाईते भएका थिए । घाईते कसपाललाई उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा हिजो राति नै उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी राजु पाण्डेले जनाएको छ ।














