भक्तपुरमा थप ११४ संक्रमित ३ जनाको मृत्यु
भक्तपुर, कार्तिक १४ गते
भक्तपुरमा शुक्रबार ११४ जना कोरोना संक्रमित थपिएका छन । योसँगै भक्तपुर जिल्लाभरी कोरोना संक्रमितको संख्या २,४७७ महिला र ३,२३३ पुरुष सहित ५,७१० संक्रमित पुगेको छ । संक्रमित मध्ये १,६१८ महिला र २,०८१ पुरुष गरी ३,६९९ जना संक्रमितहरु निको भइसकेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । संक्रमित मध्ये २३ महिला र ४९ पुरुष गरी ७२ जनाको निधन समेत भइसकेको उल्लेख गर्दै स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णवहादुर मिजारले हाल भक्तपुरमा ८३६ महिला र १,१०३ पुरुष गरी १,९३९ सक्रिय कोरोना संक्रमितहरु रहेको जनाएको छ । शुक्रबार एक्कै दिन भक्तपुरमा ११४ जनामा कोरोना संक्रमण पुष्टि हुनुका साथै १ महिला र २ पुरुष गरी थप ३ जनाको निधन समेत भएको उहाँले पुष्टि गर्नु भयो ।
शुक्रबार थपिएका संक्रमितहरुमा भक्तपुर नगरपालिकाका १२ महिला र ९ पुरुष गरी २१ जना, मध्यपुर थिमी नगरपालिकाका २१ म्हिला र १९ पुरुष गरी ४० जना, सूर्यविनायक नगरपालिकाका १७ महिला र २५ पुरुष गरी ४२ जना र चाँगुनारायण नगरपालिकाका ५ महिला र ३ पुरुष गरी ८ जना सहित ११४ जना थप संक्रमित पुष्टि भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । शुक्रवार ५६ महिला र ५८ पुरुष गरी ११४ जना थप कोरोना संक्रमित भएका हुन ।
Featured Posts – Style 1
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
2026-08-28 Comments Off on भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।भक्तपुर, १२...














